काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न कमिटीहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय कमिटीको बैठकले प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने विधि तय गरेको हो ।
उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । । तल्ला कमिटीहरुलाई एक महिलासहित ३ जनाको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।
समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई आम रुपमा नदोहोर्याउन भनिएको गुरुङले जानकारी दिए । स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न भनिएको छ ।














