काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिने भएका छन् ।

केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएसँगै पार्टी अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई बेलुकी ६ बजेपछि नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा रात्रिभोज दिने भएका हुन् ।
एक नेताका अनुसार आजको रात्रिभोजमा नाचगानसहितको कार्यक्रम हुने छ ।














