Logo
Logo

दृढ संकल्पका साथ निर्वाचनमा लाग्न अध्यक्ष ओलीको निर्देशन


567
Shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र संकल्पका साथ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीले विजय हासिल गर्नुभनेको एमालेका लागि मात्र नभई सिङ्गो राष्ट्र जोगाउनका लागि हो भने ।

अध्यक्ष ओलीले देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्र रहेका र ती नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठनको निम्ति परिचालित भई पार्टीलाई विजयी बनाउन सिङ्गो पार्टीपंक्तिलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा गठबन्धन दलहरूले एमालेका विरूद्धमा भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको स्पष्ट गरे ।

बैठकले निर्वाचन परिचालन कमिटीको कामलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सचिवालय गठन गरेको छ । सचिवालयको संयोजकमा केपी शर्मा ओली र सदस्यहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ र विष्णु रिमाल, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, नेताहरु थममाया थापा, विष्णु रिजाल, नीरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दङ्गाल, सुनिता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीरम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्