Logo
Logo

प्रदेश राजधानी हेटौँडा नै : मुख्यमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी घुमाइफिराइ हेटौँडा नै उपयुक्त हुने बताउनुभयो । बिहीबार काठमाडौँमा आयोजित पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै पौडेलले भन्नुभयो– ‘सिंहदरबारको अधिकार गाउँमा पु¥याउने भन्ने, तर त्यही सिंहदरबारको वरपर प्रदेशको राजधानी हुनुपर्छ भन्ने कुराको विरोध गर्दै काठमाडौँको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि पनि प्रदेशको राजधानी हेटौँडा हुनुपर्ने बताउनुभयो ।

जनता परिणाममुखी कामको प्रतिक्षामा छन् । त्यसअनुरुप हामीले काम गर्नुपर्छ । भाषण र गफले देश विकास नहुने बताउँदै उहाँले आफूले बोलेको कुरा पूरा गरेर छाड्ने अठोट व्यक्त गर्नुभयो । सवारीसाधनको नवीकरण शुल्कमा जरिवानाको कुरालाई मिडियाले गलत अर्थमा लिएको बताउँदै समयमै कर तिर्ने बानीलाई प्रोत्साहित गर्न प्रदेश सरकारले जरिवाना शुल्क बढाएको बताउनुभयो ।

हेटौँडा ३ नम्बर प्रदेशको सबैलाई पायक पर्ने ठाउँ हो । तराई–मधेसलाई जोड्ने भू–भाग हो । त्यसैले प्रदेशको राजधानी हेटौँडालाई बनाउँदा सबै जिल्लालाई राम्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेशको राजधानी टुंगो लाग्नासाथ नामको पनि टुंगो लाग्छ । संविधानले नै त्यो अधिकार प्रदेश सरकारलाई दिएको छ ।

पत्रकारसँगको अन्तक्र्रियामा बडो शालिनता र गम्भीरतापूर्वक उपस्थित हुनुभएका मुख्यमन्त्री पौडेलले आगामी पाँच वर्षभित्र प्रदेश नम्बर ३ लाई खाद्यान्न, माछामासु, अण्डाका साथै फलफूलमा समेत आत्मनिर्भर बनाउने ठोकुवा गर्नुभयो । प्रदेश नं ३ मा सबैभन्दा बढी जनसंख्या भएकोले यी वस्तुहरुमा प्रदेश नं ३ आत्मनिर्भर भएमा खाद्यान्न, फलफूल र माछामासु, अण्डाको आयात रोकिनेछ । जसले राष्ट्रको खर्बौ रुपैयाँ विदेशिनेबाट जोगिने छ ।

यसका लागि आधुनिक सामूहिक खेती सुरु गरिनुका साथै जिल्लाको हावापानी हेरेर फलफूल रोप्ने कामको सुरुवात भएको बताउनुभयो । उहाँले यो वर्षलाई फलफूल वर्षको रुपमा प्रदेश सरकारले प्रदेश नं. ३ का विभिन्न जिल्लामा फलफूल रोप्ने अभियान थालेको बताउनुभयो । शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि प्रदेश सरकारले काम गरिरहेको भएता पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, जनता परिणाममुखी कामको प्रतिक्षामा छन् । त्यसअनुरुप हामीले काम गर्नुपर्छ । भाषण र गफले देश विकास नहुने बताउँदै उहाँले आफूले बोलेको कुरा पूरा गरेर छाड्ने अठोट व्यक्त गर्नुभयो । सवारीसाधनको नवीकरण शुल्कमा जरिवानाको कुरालाई मिडियाले गलत अर्थमा लिएको बताउँदै समयमै कर तिर्ने बानीलाई प्रोत्साहित गर्न प्रदेश सरकारले जरिवाना शुल्क बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, करको पैसाले सरकार चल्ने हो । तर, जनतालाई कर तिरेवापतको सेवा र सुविधा सरकारले दिनुपर्छ उहाँले भन्नुभयो । उहाँको जोड थियो– राजनीतिक परिवर्तन भयो । तर हाम्रो मानसिकता परिवर्तन नभएकाले विकासमा समस्या देखिएको हो । अब हामी आफैँ परिवर्तन भएर लाग्ने हो भने ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना चाँडै पूरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्