Logo
Logo

नक्कली परीक्षार्थी पक्राउ


- दृष्टि न्युज/संवाददाता


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ मा रहेको नेशनल मेडिकल कलेजमा प्रवीणता प्रमाणपत्र नर्सिङको परीक्षामा नक्कली परिक्षार्थी भई परीक्षा दिइरहेका रौतहट जिल्लाको अमुलिया गाउँपालिका–१ जेठरहिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र गढीमाई गाउँपालिका–६ धरमपुर बस्ने कौशलप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये जोगेन्द्रले रौतहट जिल्लाको गढीमाई गाउँपालिका–६ धरमपुर बस्ने छोटेलाल यादवको नाममा तथा कौशलले रौतहटकै रामाकान्त साहको नाममा नक्कली परीक्षार्थी भई परीक्षा दिइरहेका थिए ।

उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेकाहरुले सिटिइभिटीअन्तर्गत शनिबार भएको प्रवीणता प्रमाणपत्र नर्सिङको परीक्षामा नक्कली परिक्षार्थी भई परीक्षा दिइरहेको समयमा पक्राउ परेको हो ।

प्रतिक्रिया दिनुहोस्