Logo
Logo

मेयर रिझाएको फल


- दृष्टि न्युज/संवाददाता


कठमाडौँ । देशको राजधानी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य एक अधिकृतको मोहमा परी विदेश भ्रमणमा उनलाई मात्र पठाउने गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका छैटौं तहका यमप्रसाद बसेलले मेयर शाक्यलाई प्रभावमा पारी विदेश भ्रमणका अवसर सबै आफैंले लिने गरेका छन् । अंग्रेजी भाषामा केही दख्खल भएका कारण उनी मेयर र उपमेयरको नजिक भएका छन् ।

 

छैटौ तहका बसेलले अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका प्रमुख महेश काफ्ले र कुमारी राईलाई पनि थाहा नदिई सुटुक्क मेयरलाई चाकरी गरेर विदेश भ्रमणमा जाने गरेका छन् । २०७१ मा नेपाली कांग्रेसका नेताहरुको कृपामा महानगरपालिकामा जागिरे भएका बसेलले नेकपाबाट निर्वाचित मेयर शाक्यको चाकरी गरी विदेशका सबै अवसर लुट्न सफल भएका छन् । उनी १ बर्षको बीचमा ३ पटक चीन गइसकेका छन् ।

जापान र कोरियाको भ्रमण पनि गरिसकेका छन् । मेयरलाई फस्ल्याङफुस्लुङ पारी अमेरिका जाने दाउमा रहेका उनलाई अमेरिकी दूतावासले भिसा नदिइएपछि हिस्स परेका थिए । १५ दिनपछि उपमेयर हरिप्रभा खड्गीसँग उनी फिनन्याण्ड जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्