Logo
Logo

आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना


441
Shares

काठमाडौं । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

बिहीबार प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, मधेश र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्