Logo
Logo

पूर्व रक्षासचिवको यति ठूलो षड्यन्त्र ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० भदौ । नेपाली सेनामा भावी प्रधानसेनापतिको खेल भित्रभित्रै सुरु भएजस्तो छ । मेजर जनरल प्रभुराम शर्मा र ईश्वर हमाल भावी सेनापतिका दाबेदार हुन् । भावी सेनापतिका लागि शक्तिकेन्द्रमा चलखेल गर्नेमा हमाल अग्रपंक्तिमा देखिएका छन् । उनलाई सेनापति बनाउनका लागि अस्वभाविक चलखेल गर्न थालेपछि रक्षा सचिव बिष्णु लम्साललाई ‘रिटायर्ड’ हुने बेला प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । सचिव लम्सालले अस्वभाविक चलखेल गर्न थालेपछि सेनापति पूर्णचन्द्र थापाकै योजनामा उनी सरुवा भएको स्रोत बताउँछ । हमाललाई सेनापति बनाउनका लागि सबै उपाय अपनाउन गत शुक्रबार बैठक राखिएको थियो । जर्नेल हमालका साला नरेश उप्रेतीको निवासमा बसेको उक्त शुक्रबारे बैठकमा सैनिक अस्पताल छाउनीका प्रमुख डा. अरुण न्यौपाने र पूर्वसचिव लम्साल पनि उपस्थित रहेको स्रोत बताउँछ । स्रोतका अनुसार मदिरासहितको गुडफ्राइडेमा प्रधानमन्त्री केपी ओलीकै बिरुद्ध इश्वर पोखरेललाई कसरी स्थापित गर्न सकिन्छ भन्ने कुरा समेत राखिएको थियो । प्रभुराम शर्मालाई पछाडि पारी हमाललाई सेनापति बनाउन र लम्साललाई संवैधानिक निकायको पदाधिकारी बनाउने योजना समेत शुक्रबारे बैठकमा प्रस्तुत गरिएको थियो ।

ईश्वर पोखरेललाई स्थापित गरेपछि आफू संवैधानिक निकायको पदाधिकारी र हमाललाई सेनापति बनाउन हरतरहले सहयोग गर्नेखालका मनका लड्डु बाँड्ने काम पनि गरेका थिए । लम्सालले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा लाग्ने भनेको कुरालाई स्वभाविक पनि लिने गरिएको छ । किनकि उनी दिल्लीस्थित नेपाली दूताबासमा इकोनोमिक काउन्सिलर हुँदा धेरै भारतीय कर्मचारीहरुसँग उनको अन्तरंग सम्बन्ध कायम हुन पुगेको थियो ।

लम्साल रक्षा सचिव हुँदा सेनाको लेखाप्रमुख भुवन अधिकारी थिए । बहुविवाहमा उजुरी परेका अधिकारीसँग मिलेर करोडौं घोटालामा साथ दिने काम गरेको आरोप लम्सालमाथि लाग्ने गरेको छ । मुख्यसचिव बनाउने आश्वासन दिएर प्रधानमन्त्री ओलीले लम्साललाई आफ्नै मातहत सरुवा गरे । तर मुख्यसचिव बनाउने त कता हो कता गएको साउन २२ मा अवकाशमा पठाई प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)मा नियुक्त गरेपछि उनी विश्वासघात भयो भन्दै ओलीविरुद्ध असन्तुष्टी पोखिरहेका छन् । विदेशी कूटनीतिक सम्बन्ध कायम गर्नेदेखि विश्वबैंक र संयुक्त राष्ट्रसंघसम्म सहयोग गरेको तर मलाई धोका भयो भनेर उनले भन्ने गरेका छन् । प्रधानमन्त्री ओलीले आश्वासन पूरा नगरेपछि लम्साल उनलाई देखाउने दाउमा छन् । जर्नेल हमाल रक्षा मन्त्री पोखरेलका गाउँले भन्ने गर्दछन् । उक्त गुडफ्राइडेमा लम्सालले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसम्मको योजना सुनाएका थिए । स्रोतका अनुसार बैठकमा इश्वर पोखरेललाई स्थापित गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा लबिङ गर्नुपर्ने कुरा लम्सालले उठाएका थिए । ईश्वर पोखरेललाई स्थापित गरेपछि आफू संवैधानिक निकायको पदाधिकारी र हमाललाई सेनापति बनाउन हरतरहले सहयोग गर्नेखालका मनका लड्डु बाँड्ने काम पनि गरेका थिए । लम्सालले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा लाग्ने भनेको कुरालाई स्वभाविक पनि लिने गरिएको छ । किनकि उनी दिल्लीस्थित नेपाली दूताबासमा इकोनोमिक काउन्सिलर हुँदा धेरै भारतीय कर्मचारीहरुसँग उनको अन्तरंग सम्बन्ध कायम हुन पुगेको थियो ।

हालका प्रधानसेनापति थापाले आफू प्रधानसेनापति नियुक्त हुनासाथ भारत जाने प्रचलन तोडेका थिए । २०७५ भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पूणेमा आयोजना गरिएको बिम्स्टेक सदस्य मुलुकहरूको संयुक्त सैनिक अभ्यासमा नेपाली सेनाले सहभागिता जनाएन । त्यस अभ्यासमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मारको सहभागिता हुने भनिए पनि अन्तिममा नेपाल सहभागी भएन । त्यो सैनिक अभ्यासमा सहभागी नभएर सेनापति थापाले भारतीय प्रभावमुक्त नेपाली सेना बनाएको सन्देश दिन खोजेका थिए । सेनापति थापाले संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने भनेपछि भारत भावी सेनापतिमा आफूअनुकूलको ब्यक्ति खोजीमा जुटेको छ । र, उसले जर्नेल हमाल भारतको रोजाइमा परेका छन् । शुक्रबारे बैठकमा भारतको समेत सहयोगमा हमाललाई भावी सेनापति बनाउन सकिने चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्