Logo
Logo

छायाँकन अघि नै ९५ लाख


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ भदौं । युवास्टार प्रदीप खड्का अभिनित फिल्म ‘प्रेम गीत–३’ को छायाँकन अघि नै करिब एक करोडमा बिदेश रिलिजको लागि बिक्री भएको छ । प्रेम गीतको दुई ओटा शृ“खलाको सफलतापछि तेश्रो शृ“खलाको रुपमा चलचित्र ‘प्रेमगीत–३’ को निर्माण सुरु भएको छ । अहिले यसको गीत रेकर्डिङदेखि लोकसन हन्टिङसमेत सकिएको छ ।
यसै क्रममा चलचित्र ‘प्रेम गीत–३’को विदेशका लागि वल्र्ड वाईड रिलिज कपि राईट् बिक्री भएको हो । करिब एक करोड रुपैया“मा यसको वल्र्डवाईड रिलिज कपिराईट बिक्री भएको छ । चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।
यो चलचित्रका निर्माता निर्देशक सन्तोष सेनको काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यो फिल्मको विदेश रिलिज राईट्स दाताज् इभेन्ट म्यानेजमेन्टलाई दिइएको छ ।
यो चलचित्रलाई बिदेशका लागि दाताराम घिमिरेले ९५ लाखमा किनेका छन् । आयुसेन फिल्मस् र दाताज् इभेन्ट म्यानेजमेन्टबीच सम्झौता आदन–प्रदान समारोहमा चलचित्रका अभिनेता प्रदीप खड्काले पनि यसपटक ‘प्रेम गीत–३’ मा आफुले ढुक्कले राम्रो काम गर्न पाउने बताउ“दै निर्माता सन्तोष सेनलाई जन्मदिनको शुभकामना दिए । दातारामले पनि यसअघि प्रेमगीतका दुई ओटै शृँखला सुपरहिट भएका कारण ढुक्कस“ग आफुहरुले ९५ लाख रुपैया“ तिरेर यसको बिदेश रिलिज राईट किनेको बताएका छन् ।
असोजमा छायाँकनमा जाने ‘प्रेमगीत–३’ मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएयका कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्