म्यान्मारमा शक्तिशाली भूकम्प « Drishti News – Nepalese News Portal
Logo

म्यान्मारमा शक्तिशाली भूकम्प


- दृष्टि न्युज/संवाददाता


यांगुन, १७ भदौ (सिन्ह्वा) । म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन् ।
देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ ।
श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्युडको रहेको थियो । खिन यु सहरमा रहेका ३५ ओटा मन्दिर र ११ ओटा शिशु, आठ ओटा विद्यालय, एउटा मस्जिद, गाउँ प्रशासन कार्यालय र पाँच ओटा स्थानीय बासिन्दाका घर भत्किएको अधिकारीहरुले जनाएका छन् ।
मन्डलाय क्षेत्रको मन्डलाय र प्यीन, ओ लवीनलगायतका सहर, सागाङ क्षेत्रको मोन्यवा र चाउङ ओ सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । ती क्षेत्रमा पटकपटक परकम्प पनि महुसस गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्