काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफ (४) बमोजिम अन्तिम स्वीकृती दिएको हो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरको अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डलाई संयुक्तरुपमा पुस ११ गते पत्र पठाएको थियो ।
राष्ट्र बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार यही पुस २७ गतेदेखि हुँदैछ ।












