Logo
Logo

प्राइम कमर्सियल बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न


315
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकको १५औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा २०७९ पुस २८ गते सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्ता पूँजीको ४.९५ प्रतित (चार दशमलव नौ पाँच प्रतिशत) का दरले नगद लाभांश र चुक्ता पूँजीको चार प्रतिशतका दरले बोनस शेयर दिने निर्णय गरेको छ ।

चुक्ता पूँजीको चार प्रतिशतका दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोडभन्दा बढी हुने जनाइएको छ । बैंकको नियमावलीअनुसार सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्