Logo
Logo

सोलार फार्मको बिक्री प्रबन्धक कुमारी क्यापिटल नियुक्त


504
Shares

काठमाडौँ । सोलार फार्म लिमिटेडले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आषबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सोलार फार्मको अधिकृत पूँजी रु ६५ करोड, जारी पूँजी रु ६५ करोड र चुक्ता पूँजी रु ४५ करोड रहेको छ ।

नेपालको पहिलो सोलरबाट विद्युत् उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले पाँच मेगावाट क्षमताको सोलारबाट विद्युत् उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ५ बेल चौतारामा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्