Logo
Logo

‘मधुमालतीको कथा’ र ‘जोगी’ उत्कृष्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असोज । छायाँछवि क्रियशनद्वारा आयोजित चौंथो काठमाण्डू सर्ट फिल्म फेष्टामा फिक्सनतर्फ शुभाष गजुरेल निर्देशित लघुचलचित्र ‘मधुमालतीको कथा’ उत्कृष्ट भएको छ ।
त्यस्तै, डकुमेन्ट्रीतर्फ दयाराम घिमिरे निर्देशित ‘जोगी’ उत्कृष्ट भएको छ । ‘मधुमालती’को कथा प्रसिद्ध साहित्यकार रमेश विकलको बालमनोविज्ञानमा आधारित कथा हो भने ‘जोगी’मा राती राती फिरी लगाउँदै हिड्ने जोगीहरुको दैनिकी समेटिएको छ ।
त्यस्तै, फेस्टामा फिक्सनतर्फ उत्कृष्ट बन्न सफल फिल्म र डकुमेन्ट्रीले नगदसहित ट्रफी पाउनेछन् ।
यस्तै फेष्टामा परिच्छेद सेन निर्देशित ‘मदर’ले जुरी अवार्ड पाएको छ भने मानबहादुर बस्नेत निर्देशित ‘हलो’लाई वेष्ट कन्सेप्ट÷स्क्रीप्ट सर्ट फिल्मको अवार्ड प्रदान गरिने भएको छ । यस्तै दिपक थापा निर्देशित डकुमेन्ट्री श्री गुप्तेश्वर महादेव गुफाले पब्लिक च्वाइस अवार्ड हात पारेको छ भने शेखर खनाल निर्देशित विश्वकै होचा व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जीवनीमा आधारित सगरमाथाको प्रतिविम्बले बायोपिक डकुमेन्ट्रीको अवार्ड पाएको छ ।
फेष्टामा हेम प्रभाष निर्देशित ‘द माक्स’ र पनाह अधिकारी निर्देशित ‘आमा’लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिने भएको छ । फेष्टामा वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजक तथा संगीतकार एवं समिक्षक सन्तोष श्रेष्ठ र रंग पत्रकार÷समिक्षक गीता अधिकारी निर्णायक रहेका थिए ।
यस्तै दोस्रो सर्ट फिल्म फेष्टामा उत्कृष्ट बन्न सफल फिक्सन तर्फको सर्ट फिल्म बीबी फुयाँल निर्देशित रक्तभोग एवं डकुमेन्ट्री तर्फ उत्कृष्ट बन्न सफल रोशनी केसी निर्देशित ‘तीज’ तथा तेस्रो सर्ट फिल्म फेष्टामा उत्कृष्ट बन्न सफल फिक्सन तर्फको सर्ट फिल्म सञ्जय पाण्डे निर्देशित प्रेमदिवस एवं डकुमेन्ट्री तर्फ विकाश घले गुरुङ निर्देशित मास कोरियोग्राफ नेपाल एवं बायोपिक तर्फ मनिष पन्त निर्देशित ‘नरसिंह’ उत्कृष्ट भएका थिए । यी सबै उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवं डकुमेन्ट्रीलाई दशैं–तिहारको बिच आयोजना हुने एक समारोहका विच अवार्ड प्रदान गरिने छायाँछविले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्