Logo
Logo

‘फूलको बयान’ गर्दै उमेश, मौसमी र आरुशी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असोज । ‘फुःलेन्देकी आमा’ उपनामले चर्चित हाँस्य कलाकार उमेश राईसँग मोडल मौसमी कन्दङ्वा सुब्बा र आरुशी मगर एकसाथ देखिने भएका छन् । ‘फूलको कुरा’ बोल गीतको भिडियोमा यी तीन कलाकारको केमेष्ट्रि देख्न पाइने भएको हो ।
गायक मचिन्द्र राईले गाएको ‘फूलको बयान’ गीतको भिडियो सोमबार शंकमूलस्थित युएन पार्क र त्यस आसपासमा छायांकन गरिएको छ । डान्सिङ बिटको उक्त गीतको भिडियोलाई जसबहादुर याख्खा ‘जसु’ले निर्देशन गरेका हुन् । उनका अनुसार गीतमा उमेश, मौसमी र आरुशीको केमेष्ट्रि सुहाएको छ ।


उमेश राई पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लव’बाट चर्चामा छन् । धेरैजस्तो स्क्रिनमा ‘फुःलेन्देकी आमा) भएर देखिएपनि उमेशले मोडलका रुपमा समेत थुप्रै भिडियो गरिसकेका छन् । त्यस्तै मौसमीले पनि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी छन् भने उनले गुरुङ संस्कृतिमा आधारित फिल्म ‘पूर्णिमा’मा समेत अभिनय गरेकी छन् । त्यस्तै, आरुशी पनि पछिल्लो समयकी चर्चित मोडल हुन् । उमेश, मौसमी र आरुशीलाई लिएर म्युजिक भिडियोमा निर्माण गर्दा सहज लागेको निर्देशक जसुले बताएका छन् । उनले चाँडै भिडियो दर्शकले हेर्न पनि बताए ।


‘फूलको कुरा’का लागि कोरियोग्राफी सन्देश राई र छायाँकन ज्ञानेन्द्र शर्मा टिमले गरेको छ । ‘फूलको बयान’ गर्ने कलाकारलाई सिँगार्ने काम भने निसुम नेम्बाङले गरेकी छन् । भिडियोमा मौसमी डिल्लीबजारस्थित कुसुम द बुटिककी फेसन डिजाइनर कुसुम श्रेष्ठले तयार पारेको पहिरनमा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्