Logo
Logo

एपिएफमा तक्माको चक्मा


1.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले यसपटक केही फरक शैलीमा आफ्नो स्थापना दिवस मनाउने भएको छ । आगामी ९ माघमा मनाउन लागिएको एपिएफ दिवसमा विगतमा भन्दा केही नयाँपत्र हुने हलचोक स्रोत बताउँछ ।

यसपटकको एउटा नयाँ भनेको एपिएफ मेडल हो । संगठनभित्र उत्कृष्ट काम गर्ने तथा नागरिक समाजको तर्फबाट संगठनलाई सघाउनेलाई यस्तो मेडल दिन लागिएको छ । यससम्बन्धि कार्यविधिसमेत सरकारबाट स्वीकृत भइसकेको स्रोत बताउँछ ।

नेपाल प्रहरीमा बढुवाका लागि मेडलको नम्बर हटाइसकिएको छ । तर, सशस्त्र प्रहरीमा कायमै छ । जसकारण संविधान दिवसको दिनमा सरकारले दिने तक्मा(विभूषण) लिनका लागि सधैं अस्वस्थ चलखेल हुने गरेको छ । इमान्दार भन्दा धेरै पहुँचवालाले त्यस्तो तक्मा पाउने अवस्था छ ।

अब संगठनले आफैं दिने भएपछि निष्पक्ष मूल्याङकन गरेर दिने अपेक्षा गरिएको छ । प्रहरी महानिरीक्षक राजु अर्यालकै अवधारणाअनुसार यस्तो मेडल दिन लागिएको स्रोत बताउँछ । एपिएफ दिवसमा कर्मचारीको लागि अन्य केही घोषणा हुने सम्भावनासमेत रहेको बताइन्छ ।

तर, मुख्य कुरो सशस्त्रमा आवधिक बढुवा नहुने ठूलो समस्या छ । इन्सपेक्टरमा भर्ना भएका १७ वर्षदेखि सोही पदमा कार्यरत छन् । तल्लो तहमा पनि त्यस्तै अवस्था छ । त्यसकारण बढुवाको जाम नहटेसम्म संगठनमा मनोबल बढ्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस्