Logo
Logo

विभिन्न संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको छ । बैंकका विभिन्न शाखाले विद्यालय, पार्क र मन्दिरलाई सहयोग प्रदान गरेका हुन् ।

बैंकले दिपायलको सिलगढी नगरपालिकामा रहेको दिल्पेश्वर माध्यमिक विद्यालय, काठमाडौंको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समिति र काठमाडौं महानगरपालिकाकै झिगु इच्छुमती पार्कलाई सहयोग प्रदान गरेको जनाइएको छ । विद्यालयलाई स्टिलको दुई थान पानीट्यांकी सहयोग गरेको बैंकले जनाएको छ । विद्यार्थीहरूलाई शुद्घ पिउनेपानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको उल्लेख छ ।

त्यस्तै, बैंकको मैतीदेवी शाखाले मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरेको जनाइएको छ । मन्दिरवरपरको बाटो अस्तव्यस्त हुने गरी सवारीसाधन पार्किङ गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाइडर प्रदान गरेको बैंकले जनाएको छ ।

साथै, पुतलीसडक शाखाले झिगु इच्छुमती पार्कका लागि ६ थान कुर्सी हस्तान्तरण गरेको उल्लेख छ । इच्छुमती खोला किनारस्थित पार्कमा दैनिक आवतजावत गर्ने बटुवालाई विश्राम गर्न सहजता मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्