Logo
Logo

टेलिकमले उपलब्ध गरायो ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज



काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि एवं चाहनाअनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको छ । यस क्रममै २०७९ चैत ३ गतेदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने जनाइएको छ । रु ६ सय ३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने जनाइएको छ । यस अफरमा अननेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने टेलिकमको भनाए छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने तथा यसबाट ग्राहकहरुले लाभ टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्