Logo
Logo

बुद्धिमान तामाङ राप्रपा संसदीय दलको उपनेता चयन


630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

राप्रपाको प्रतिनिधिसभामा १४ सांसद छन् । तामाङ समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।
राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् । शनिबार बसेको बैठकले संसदीय दलको विधान समेत पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्