Logo
Logo

‘डिजी पे’ काे फ्रान्चाइजीको अवधारणा सार्वजनिक


1.3k
Shares

काठमाडौं । ‘डिजी पे’ले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा र फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रा.लि.ले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको हो ।

डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आवद्ध हुन सक्नेछन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।

डिजी पे, स्थानीय व्यवसाय साझेदार आवद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु हो ।

यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा सुविधा ल्याएको छ । यस योजना अन्तर्गत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको त्बचनभत पूरा भएको अवस्थामा प्रति महिना रु।४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।

डिजी पेमा व्यवसायीहरूले निःशुल्क आवद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचार-प्रसार बाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् । आवद्ध हुँदा रु.५०० टपअप र सेवा शुल्कमा छुट, नेपालको न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको रु.८२५ को दुई वटा ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा बिभिन्न छुट, 21st Tech को Digital Marketing /App Develop मा विशेष छुट Binav Creation को Social Media Content Creation मात्र रु.१५,००० मा साथै डेलिभरी पार्टनर Easy Carrier बाट एकै दिनमा Pick up and Drop, तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्