Logo
Logo

तरुण दलद्वारा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन


819
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गर्दै शुक्रबार रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो

तरुण दलले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध र्याली आयोजना गरेको थियो । विरोध र्यालीपछि आयोजित कोणसभामा तरुण दलका नेताहरुले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

तरुण दलका पूर्वअध्यक्षसमेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपस्थित रिपोटर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्