
काठमाडौं । २१ वर्षीया बिशोरीलाई बलात्कार गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरी गाउँपालिका–७ का ३० वर्षीय करण सरदा रहेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ प्रहरी चौकी गछियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा युवकले आफूलाई बलात्कार गरेको पीडित किशोरीको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














