Logo
Logo

इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीले गरे कुरा


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडियो कुराकानी गरेका हुन् । कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन् ।

उनले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको जानकारी गराए । उनले सरकारले गरेको प्रयासका बारेमा त्यहाँ रहेका विद्यार्थीहरूलाई पनि कम्युनिकेट गरिदिन सुवेदीलाई आग्रह गरे।

प्रधानमन्त्री भने, ‘तपाइँको रमेशजीसँग लगातार कुरा भइरहेको मैले थाहाँ पाएँ। अहिले परराष्ट्र मन्त्रीसँग पनि तपाइँको कुरा भइहाल्यो । हामी अस्ति रातिदेखि नै लगातार लागिरहे का छौं । स्थिति विस्तारै उसमा आइरहेको छ ।’

उलने थपे, ‘अहिले पनि यही विषयमा छलफल गर्न क्याबिनेटको बैठक बोलाइएको छ सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइरहेको छ। सायद परराष्ट्र मन्त्रीस्तरमा पनि कुरा होला । यी सबै कुरा तपाइँले त्यहाँ विद्यार्थीहरूलाई कम्युनिकेट गरिदिन पर्‍यो।एकथरी मान्छेले झुट प्रचार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्