Logo
Logo

इजरायलमा मृत्यु भएकाकाे परिवारलाई १० लाख दिने सरकारको निर्णय


1k
Shares

काठमाडौं । इजरायलमा हमास विद्रोहीको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएकामा सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने निर्णय भएको जानकारी दिए । साथै, मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने पनि मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्