Logo
Logo

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार


2.8k
Shares

काठमाडौं । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ ।

उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्