Logo
Logo

भूमि आयोगका ३ कर्मचारी घुससहित पक्राउ


9.5k
Shares

काठमाडौं । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी झापाको हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् ।

हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूलाई फेला पारेका थिए ।

हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको हो। पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि सोमवार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

ती कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्