Logo
Logo

कोशीमा मुख्यमन्त्री नियुक्ति आज


4.6k
Shares

काठमाडौं । कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ ।

बुधबार दुई जनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै उनले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने बताएका थिए । संविधानको धारा १६८(५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।

उनले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । आङ्बाले गठबन्धनको निर्णयपछि मुख्यमन्त्रीकको दावी पेस गरेका हुन् ।

यस्तै, कांग्रेसका शीर्ष नेताहरुको निर्णयविरुद्ध असन्तुष्टी जनाउदै कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफुसहित कांग्रेसका ९ प्रदेश सभासदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

कोशीमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कांग्रेसले माओवादीका आङवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि विद्रोह गरेको कांग्रेसका सांसदहरुको भनाई छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन उदयपुरका रामकुमार खत्री र हिमाल कार्की, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्