Logo
Logo

इन्भेष्टमेन्ट मेगाको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर


182
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएसएलसँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत हरेक तीनजना भाग्यशाली मोवाइल बैकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआइएमबी स्मार्ट एपबाट कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर मंसिर १० गतेदेखि आगामी पुस ९ गतेसम्म लागू हुनेछ । एनआइएमबी स्मार्टएपमा उपलब्ध कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिने छ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने जनाइएको छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो एनआइएमबी स्मार्ट एपमा लग–इन गरी, फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो ।

भुक्तानी तथा ट्रान्सफरका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । एनआइएमबी स्मार्टमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार रु. २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्