Logo
Logo

एकीकृत समाजवादीको आज स्थायी र पोलिटब्यूरो कमिटीको बैठक बस्दै


189
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बस्ने भएको हो ।

शनिबारदेखि सुरू भएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । यस्तै, महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारी र एजेण्डाबारे जानकारी गराएका थिए ।

यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राखेका थियो भने बाँकी नेताहरूले आजको बैठकमा बोल्नेछन् ।

आजै साँझ पोलिटब्यूरो बैठक बोलाइएको छ । आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्