Logo
Logo

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण


2.8k
Shares

कैलाली । गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ‘नेपाल आइडल’ सिजन–२ का विजेता समेत रहेका कञ्चनपुरका गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गायक ओड साङ्गीतिक कार्यक्रममा देशबाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

पाल आएलगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन् । प्रहरीले त्यस विषयमा छानबिन तथा अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्