Logo
Logo

लहानमा बम पड्काएर ६ घरमा लुटपाट


4.7k
Shares

काठमाडौं । सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । राति ११ बजेको समयमा लुटेराहरुले बम पड्काएर लुटपाट गरेका हुन् ।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको हो । लुटेराहरुको समूहले नगद र सुनचाँदीका गरगरहना गरी करिब ५ लाख बराबरको सम्पत्ति लुटेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए ।

लुटेराले पड्काएको बमको छर्रा लागेर ५ जना घाइते भएका छन् । जसमा योगेन्द्र यादव र निरंजन यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्