Logo
Logo

पूर्वसांसद रेग्मीको निधन


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । उनको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो ।

रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन् । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने कांग्रेस नेता शेखर कोइरालले जानकारी दिए
।
लामो समय शिक्षण पेसामा रहेका उनी २०५८ माघ २७ गते तत्कालिन माओवादीको गोली लागेर घाइते भएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000