Logo
Logo

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, छलफल गर्न नदिने


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने हो ।

सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर आफूहरूको माग पूरा नभएसम्म त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको प्रमुख सचेतक रमेश लेखकले बताए । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । यस्तै प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न पनि आफू सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्