Logo
Logo

श्रीमानको कुटाइबाट ६० वर्षीय श्रीमतीको मृत्यु


567
Shares

बैतडी । बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनका श्रीमती ६० वर्षीय सुना ऐरीको मृत्यु भएको हो । 

मङ्गलवार घरायसी विवाद हुँदा श्रीमानको कुटाइबाट सुना गम्भीर घाइते भएका थिए ।  सुनाको बुधवार उपचारको क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।  सुनाको खुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरीले श्रीमान् प्रतापलाई नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया दिनुहोस्