Logo
Logo

ज्याद्रो, प्रधानमन्त्री ओली


- कृष्णमणि पराजुली


प्रधानमन्त्री केपी शर्मा ओली त ज्याद्रो नै हुन् भन्ने विषयसँग मलाई एउटा पुरानो कुरोको स्मरण आयो । मेरा एकजना साथी जो हामीसँगै कलेज पढ्थ्यौँ । कलेजको पढाइ सकेपछि लोकसेवा आयोगको परीक्षाको तयारीमा हामी थियौँ । राम्रै तयारी गरेको हुँदा हामी दुवैले लिखित परीक्षा उत्तीर्ण ग¥यौँ । लिखित परीक्षापश्चात अन्तर्वार्ताको तयारीमा जुटियो । तर, ती साथी भने अन्तर्वार्ताको लागि त्यति तयारीमा लागेनन् । अन्तर्वार्ताको लागि पनि के तयारी गर्ने ? जे प्रश्न सोधे पनि आफ्नो पाराले उत्तर दिने हो भन्थे उनी । तिमीहरु पढ, म त पढ्नेसढ्ने केही गर्दिनँ भन्दै अन्तर्वार्ताको तयारीमा उनी लाग्दै लागेनन् ।

कृष्णमणि पराजुली

नयाँ जीवनसँगै जनताको सपना पूरा गर्ने विश्वास उनमा दृढ देखिन्थ्यो । त्यसैगरी उनले भनेको अर्को वाक्य पनि त्यतिकै मर्मस्पर्शी छ– जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न भन्ने सन्देशले पनि नेपाल र नेपाली जनताप्रति उनको कति ठूलो चिन्ता रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । अर्को कुरा राम्रो खेलाडी खेलमैदान छोड्दैन भन्ने भनाइले प्रतिस्पर्धामा आउने आफ्नै सहकर्मीहरुलाई पनि छाड्दिन संकेत हो भन्ने पनि सहजै अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति लामो समयदेखि नै बिग्रिँदै आएको थियो । जेलमा दिइएका यातनासँग उनी कहिल्यै पनि डराएनन् । अहिलेको यस्तो गम्भीर स्वास्थ्य अवस्थाप्रति पनि उनले चिन्ता लिएको देखिँदैन । उनलाई चिन्ता छ त केवल अहिलेको राजनीतिक अवस्थालाई कसरी सुधार्ने र जनताको जीवनस्तरलाई कसरी उच्च बनाउने ।

ती साथीलाई पछि अन्तर्वार्तामा अर्थशास्त्रको परिभाषा के हो भन भनेर सोधिएछ । अर्थशास्त्रको परिभाषा विभिन्न विद्यार्थीले विभिन्न किसिमबाट दिएका हुन्छन् । सबैको परिभाषा सम्झन कठिन भएकोले मेरो त आफ्नै परिभाषा छ भनेर उनले आफ्नै पाराले अर्थशास्त्रको परिभाषा दिएछन् । अन्तवार्ता लिनेहरु उनको परिभाषा सुनेर छक्क परेछन् । अर्थात् उनको परिभाषा मन परेछ । अर्थशास्त्रका सिद्धान्त, माग र आपूर्तिको सिद्धान्तजस्ता विषयका बारेमा उनलाई विभिन्न प्रकारका प्रश्नहरु सोधिएछन् । उनले आफ्नै पाराले उत्तर दिएछन् । उनको आफ्नै पाराले लोकसेवा आयोगको परीक्षामा पनि उत्तीर्ण भए ।

यहाँ जोड्न खोजेको कुरा के हो भने, हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव पनि यस्तै प्रकारको अन्तर्वार्तासँग मिल्दोजुल्दो छ । ओली आफै परिभाषा र सिद्धान्त बनाई अघि बढ्न चाहन्छन् । यो कुरा उनको काम गराइको गतिविधिबाट पनि देखिन्छ । उनले अरुको कुरालाई मानेजस्तो गरी आफ्नै कुरालाई अघि सादर्छन् । जसरी चटकेले छोटो समयमा चटक देखाएर दर्शकको मन जितेको हुन्छ, त्यसरी नै ओलीले जनताको मन जित्न सफल भएका छन् । निर्वाचनको समयमा पानीजहाजका कुरा, रेलका कुरा, ग्यासका कुरा, ज्येष्ठ नागरिकका भत्ताका कुरा आदि मुद्दा ल्याए । मनौं चुनाव जितेको भोलिपल्टै काठमाडौंमा रेल कुद्छ भनेर उनलाई जनताले भोट पनि दिए । अहिले यसो विचार गर्दा उनका ती भनाइ व्यवहारमा आउन सकेनन् । रेल, पानीजहाज, घरघरमा ग्यासका कुरा त कता गए कता ? वृद्धभत्ता पनि व्यापक विरोधपछि बढाइयो । बजेटमा वृद्धभत्ता चुप थियो । आफ्नै विचार, आफ्नै जिद्दीपन र आफ्नै ज्याद्रोपनमा अडिग छन् । शब्दकोषमा ज्याद्रोको परिभाषा यसरी गरिएको छ– ‘भनेको नमान्ने, जति गाली गरे पनि तह नलाग्ने, कडा स्वभावको र साह्रै गाह्रो बलियो ।’ यो परिभाषासँग ओलीको स्वभाव मिल्दोजुल्दो छ ।

ओलीमा पनि यही गुण भएको पाइन्छ । उनको पूर्व इतिहास हेर्दा त्यस्तै देखिन्छ । तेह्रथुम जस्तो दुर्गम जिल्ला र गरीब परिवारमा जन्मेर पनि उनी नेपालको प्रधानमन्त्री बन्न पुगे । उनको ज्याद्रोपन नभएको भए सायद उनी प्रधानमन्त्री बन्न सक्दैनथे होलान् । पहाडमा गरिबीले पीडित भएको उनको परिवार झापा झरे । त्यहाँ पनि जीवन निर्वाह गर्न मुस्किल परेको हुँदा उनले मुस्किलले विद्यालयसम्म अध्ययन गरे । त्यही विद्यालयको अध्ययन गर्न पनि उनले ठूलै संघर्ष गर्नुपरेको रहेछ । कलेज तहको पढाइ गर्न सम्भब नभएको र आफू र आफूजस्तै गरिब जनताको जीवनस्तरमा सुधार ल्याउन उनी वामपन्थी विचार लिएर राजनीतिमा लागे ।

राजनीतिमा पनि उनीलाई कहिले पनि सहज भएन । आफ्नो स्वास्थ्य र परिवारको कुनै परबाह नगरी उनले राजनीतिलाई सर्वोपरि ठाने । राजनीति गर्दा मरणासन्न हुने गरी प्रहरी प्रशासनले शारीरिक पीडा दिँदा पनि उनी बिचलित भएनन् । उनले आफ्नो दृढ विचार तिलाञ्जली दिएनन् । उनीले आफ्नो स्वार्थसँग कुनै सम्झौता गरेनन् । सत्तापक्षसँग लडिनै रहे । यसरी अमानवीय किसिमले १४ वर्षसम्म जेल जीवन बिताए । सत्तादेखि कहिल्यै डराएनन् र हार खाएनन् । आफ्नो ज्याद्रो विचारलाई सधैँ नै अंगिकार गरिरहे ।

उनको जीवनमा स्वास्थ्यले कहिले पनि साथ दिएको देखिँदैन । तर, पनि उनले चुरोट र मद्यपानको लत छुटाउन सकेनन् । अल्सर र अनेक प्रकारका रोगले च्याप्दा पनि यिनीहरुलाई म जितेरै छोड्छु भन्ने बानीलाई सधँै नै शिरोपर गरे । अल्सरलाई जित्न सके पनि उनी मिर्गौला रोगबाट पीडित छन् । गरिबीको कारण, स्वास्थ्यको कारण, परिवारको दबाब, प्रहरीबाट हुने सास्ती कुनै पनि कुराले उनीलाई बिचलन पार्न सकेको देखिँदैन । उनी आफ्नो दृढसंकल्पको मार्गमा लागि नै रहेका छन् ।

उनीसँगसँगै कारागारमा बस्ने साथीहरु प्रशासनसँग सम्झौता गरेर कारागारमुक्त हुँदा पनि उनले कहिले पनि सम्झौता गरेनन् । उल्टो तिमीहरुसँग सम्झौता गर्न मैले राजनीति गरेको हुँ भन्ने ओठे जवाफ फर्काउँथे । उनको हठीपनले गर्दा तत्कालीन प्रशासन पनि उनीसँग हच्किएको हुन्थ्यो । अहिलेको अवस्थामा पनि उनको ज्याद्रोपन हटेको देखिँदैन । उनको यो ज्याद्रोपनलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा हो उनको आफ्नै स्वास्थ्य र अर्को हो राजनीतिप्रति दृढसंकल्प । उनीलाई लामो समयसम्म अल्सरले दुःख दिनु र त्यसपछि दुवै मिर्गाैला फेल हुनु । दुवै मिर्गौलाले काम नगर्दा पनि किञ्चित उनले हरेस खाएनन् । मृत्युदेखि डराएनन् । अहिले पनि मृत्युलाई पराजित गर्ने प्रयासमा नै लागिपरेका छन् । मिर्गौला फेरेर आराम गर्ने अवस्थामा पनि उनले देश र जनताका लागि राजनीति गरिरहेकै छन् । बाह्र बर्षअघि फेरेको मिर्गाैला असफल भएपछि अहिले दोस्रोपटक फेर्दा पनि आफ्नो दृढसंकल्पबाट उनी बिचलित भएका छैनन् । उनी लागि नै रहेका छन् । उनको यो साहसिक मनोबललाई मान्नै पर्दछ ।

त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालको क्याबिन नंबर ६०१ बाट प्रधाननमन्त्री ओलीले निकै मार्मिक शब्दमा जनतालाई एक प्रकारको सन्देश प्रदान गरे । उनले दृढताकासाथ ‘सपना अलपत्र पारेर अलप हुन्न’ भने । राष्ट्रका निम्ति उनले जुन सन्देश दिएका थिए, त्यसले नेपाली जनताको मन मस्तिष्कलाई छोएको थियो । उनमा आत्मविश्वास यसरी बढेको थियो कि, नयाँ जीवनसँगै जनताको सपना पूरा गर्ने विश्वास उनमा दृढ देखिन्थ्यो । त्यसैगरी उनले भनेको अर्को वाक्य पनि त्यतिकै मर्मस्पर्शी छ– जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न भन्ने सन्देशले पनि नेपाल र नेपाली जनताप्रति उनको कति ठूलो चिन्ता रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । अर्को कुरा राम्रो खेलाडी खेलमैदान छोड्दैन भन्ने भनाइले प्रतिस्पर्धामा आउने आफ्नै सहकर्मीहरुलाई पनि छाड्दिन संकेत हो भन्ने पनि सहजै अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति लामो समयदेखि नै बिग्रिँदै आएको थियो । जेलमा दिइएका यातनासँग उनी कहिल्यै पनि डराएनन् । अहिलेको यस्तो गम्भीर स्वास्थ्य अवस्थाप्रति पनि उनले चिन्ता लिएको देखिँदैन । उनलाई चिन्ता छ त केवल अहिलेको राजनीतिक अवस्थालाई कसरी सुधार्ने र जनताको जीवनस्तरलाई कसरी उच्च बनाउने । पछिल्लोपटक पार्टीभित्रबाटै उनलाई अलग्याउने गरी उनकै पार्टीपंक्तिबाट खेल भइरहे पनि उनी यसबाट आत्तिएको देखिँदैन । जेहोस् आफ्नो अडानमा उनी चट्टानजस्तै अडिग छन् र सरकारप्रति जतिसुकै लान्छना लगाइए पनि आफ्नो विचारमा उनी ज्याद्रो नै छन् ।

०७२ सालमा आएको भूकम्पले ठूलो धनजनको क्षति पु¥याइ जनताको जनजीवन अस्तब्यस्त पु¥याएको मौका छोपी भारतले नाकाबन्दी लगायो । कतिपय दलहरुले भारतको डरले नाकाबन्दी भन्नसम्म पनि सकेनन् । तर, ओलीले समस्याको सामना गरेर अघि बढिनै रहे । भारतले निमन्त्रणा गर्दासमेत नाकाबन्दी नहटेसम्म नआउने जवाफ पठाए । पछि बाध्य भएर भारतले नाकाबन्दी हटाउनुप¥यो । यसरी उनको आफ्नो ज्याद्रोपन चट्टानी अडानजस्तै गरी नेपाली जनताप्रति समर्पित भएका देखिन्छ ।

लिप्पियाधुरा, कालापानी र लिपुलेकको करिब ३९५ वर्ग किलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आएको सन्दर्भमा नेपालले कूटनीतिक नोट तथा विज्ञप्ति जारी गरेर विरोध जनाइसकेको छ । हाल उक्त भूमिमा भारतले स्थायी संरचना एवं सडक निर्माणसमेत गरिसकेको छ । यस कार्यलाई लिएर प्रधानमन्त्रीले सरकारको तर्फबाट कडा प्रतिवाद गर्नुका साथै उक्त भूभाग समेटी नेपालले नया नक्सा प्रकाशित गरी संसद्बाट पारितसमेत भइसकेको छ । राष्ट्रहितका यस प्रकारका अडानले निश्चयनै उहाँको ज्याद्रोपनको उच्च मूल्यांकन हुने नै छ ।

(लेखक : नेपाल सरकारका पूर्वउपसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्