Logo
Logo

नेकपा र पुष्पलाल


- लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

आफ्नै हातले माक्र्स र एंगेल्सले सन् १८४८ फरबरीमा लेखेको कम्युनिष्ट घोषणापत्रको नेपाली भाषामा अनुवाद गरेका कमरेड पुष्पलालले हरेक प्रशिक्षणहरुमा दोहो¥याइरहने एउटा शब्द थियो, सर्वहारा गरिब, किसान, मजदुरसँगै उनका दुखसुखमा साथ दिँदै उनीहरुसँगै लयमा लय मिलाएर हिँड्न सकियो भने मात्र वर्गीय असमानता विरुद्ध लड्न सकिन्छ । आफू सम्भ्रान्त जीवन बिताउने र गरिबका कुरा गर्नेहरुले क्रान्तिका गफ गर्लान् क्रान्ति भने गर्दैनन् ।

माक्र्सवादले भनेको, पुष्पलालले अनुवाद गरेको कम्युनिष्ट घोषणापत्रलाई मसिनो गरी अध्ययन गरे थाहा पाइन्छ, मुलुक पूर्णत सूदखोर दलाल पूँजीपतिहरुको कब्जामा पुगिसकेको छ । कम्युनिष्ट राज्यसंयन्त्रका सपना त छोडौँ, समाजवाद उन्मुख प्रगतिशील कामहरु समेत यो सरकारबाट हुन सकेन । भूमीको असमान वितरण यथावत् छ । कोरोनाको सँक्रमणकै बेला त देखियो, बाटो खनिरहेका, गिट्टी कुटिरहेका र ज्यावल चलाइरहेका श्रमिकहरुलाई बीच बाटैमा छोडेर ठेकेदारहरु अलप भए । ठेकेदारले बिचल्लीमा पारेपछि उनीहरु भोकभोकै आफ्ना थातथलोमा सुत्केरी, बाल बच्चा च्यापेर भोकै फूको च्यूरा खाँदै हिँड्न बाध्य भए । तर बिडम्बना, कम्युनिष्ट सरकारले तिनै श्रमिकहरुमाथि ज्यादति ग¥यो । उसले ठग ठेकेदारलाई खोज्ने लेठो गरेन ।

बनारसका गल्लीहरुमा कुर्ता पाइजामा चप्पल र एउटा झोला बोकेर पुष्पलालले बिताएका ती दिन र जीवनको अन्तिम क्षणमा रोगले थलिँदा उचित खुराक अनि उपचारको अभावमा छटपटिएका उनको दृष्य देख्ने पुस्ता अहिले पनि ज्यूँदै छ । गणेशमान सिँह समेत पुष्पलालको जीवनको अन्तिम क्षणका कुरा सम्झिँदा भावुक हुन्थे भन्छन् ।

तिनै पुष्पलालले शिलान्यास गरेको नेपाली कम्युनिष्ट आन्दोलनको जगमा नेकपा उभिएको छ । गद्दार पुष्पलाल लेखेर जीवनको अन्तिम घडीसम्म वैचारिक असहमति जनाउने मोहनविक्रम सिँह हुन् या पुष्पलालका गल्तीहरुको फेहरिस्त तयार गरेर आलोचना गरिरहने मोदनाथ प्रश्रित नै किन नहुन्, समयको कालखण्डमा सबैले पुष्पलालको चिन्तन र व्यवहार सही र अनुकरणीय हो भनेर आफ्नो गल्ती स्वीकारिसकेका छन् । उनीसँग असहमति दर्ज गर्दै कोअर्डिनेशन केन्द्रको स्थापना र विभिन्न समूह उपसमूहमा विभक्त नेपाली कम्युनिष्टहरुका धुरी भएका छन् पुष्पलाल ।

साउन ७ गते नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस मनाइरहँदा दुईतिहाइको नेकपाभित्र अध्यक्षद्वयको बीच विवाद चुलिएको थियो । उक्त अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर बनाउने प्रतिबद्धता व्यक्त गर्दै ‘विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध, राष्ट्रव्यापी बनाउँदै पुष्पलालको सपना धेरै हदसम्म हामीले पालना गरेका छौं’ भनेर व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले पुष्पलालको सम्झनामा यसो भनिरहँदा अर्का अध्यक्ष प्रचण्डले पुष्पलालको सम्झना कसरी गरिरहेका थिए होलान् ? यदि नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनदेखि पार्टी एकतासम्म नभएको भए प्रधानमन्त्री ओलीको मुखबाट यति शक्तिशाली शब्द निस्कने थियो ? अथवा, पुष्पलालको सपना पूरा गर्दै गरेको प्रतिबद्धता जनाइरहेकोे बेला पार्टी एकता नभएको भए दुईतिहाइ मत सम्भव थियो ? आदि कुराको सिंहावलोकन नेकपाका शीर्ष नेताहरुले गर्नुपर्छ ।

राणासँगको लडाइँमा होस्, या पञ्चायती व्यवस्थाविरुद्धको लामो संघर्ष, यसबीच धेरै नेपालीका छोराछोरीहरुले बलिदानी दिएका छन् । माओवादी जनयुद्धमा कैयौँ नेपालीका छोराछोरीहरुले बलिदानी दिए । यिनै बलिदानीको जगमा देशमा गणतन्त्र स्थापना भएको छ । बलिदानीपूर्ण इतिहास भएको कम्युनिष्ट पार्टीको सत्तारोहणपछिको अवस्था हेर्दा बडो कहालीलाग्दो देखिन्छ । एकपछि अर्को गर्दै बदनामीका खात कम्युनिष्ट पार्टीमाथि थपिएका छन् । कोरोना नियन्त्रणका नाममा भएका भ्रष्टाचारको छानविन गर्नु त कता हो कता, उल्टै ओम्नी समूहलाई चोख्याउने खालको भनाइ प्रधानमन्त्री स्वयंकै मुखबाट आउनु, कोरोना संक्रमित मात्र हैन, ज्वरोकै कारण अस्पताल जाँदा पनि उपचार नपाएर छटपटिएर मृत्युवरण गर्नु, सिंगो गाउँ नै उल्टिएर जातीय उचनिचका आधारमा दलित युवाको हत्या हुनु, शिक्षा र स्वास्थ्यको जिम्मा निजी क्षेत्रलाई सुम्पनु, नेपाली किसानका बारीमा उब्जिएका तरकारीहरु खाल्डो खनेर पुर्नु तर, भारतबाट ल्याइएका तरकारीहरु भने सहजै बजारमा बिक्री वितरण गरिनुजस्ता समाजवादी राज्यको परिकल्पनाभन्दा उल्टो काम नेकपाको दुईतिहाइको सरकारले गरेको छ । यसले नेपालका कम्युनिष्टहरुमाथि जनताले गरेको विश्वासमाथि ठूलो घात भएको छ ।

माक्र्सवाद कुनै बाइबल होइन, केबल गिर्जाघरमा दोहो¥याएर ईश्वरलाई खुशी पार्न पादरीले पढिराखोस् । यो त समाजमा वर्ग हुन्छ र त्यो बर्गहरुको बीचमा द्वन्द्व हुन्छ । यसले सीमित व्यक्तिहरु जसले पूँजीलाई नियन्त्रण गरेर बहुसंख्यक मानिसहरुलाई उचित श्रम समेत नदिई मुनाफा लिइराखेका हुन्छन्, त्यसबाट बहुसंख्यक श्रमजीवी जनताहरुमाथि भएको अन्यायको खिलाफमा र उत्पादनको बराबरी वितरणमा विश्वास गर्ने वैज्ञानिक अर्थनीतिमा विश्वास गर्ने पद्धति हो । र, आफूलाई माक्र्सवाद लेनिनवादको सच्चा सिपाही ठान्नेहरुले राज्य सँचालनमा पुगेपछि सर्वहाराको शासन सँचालन गरी भूमीको समान वितरण, पूँजीको उचित उपयोग, श्रम बजारमा श्रमिकहरुको उचित ज्याला र जीवन यापनको ग्यारेन्टी, गरिब किसानहरुको उत्पादनको उचित वितरण, शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण नियन्त्रण गरी समाजवादी व्यवस्थाको स्थापनातिर लाग्नुपर्ने हो ।

सत्ताधारी कम्युनिष्ट दलका अगुवाहरुको झगडा र प्रधानमन्त्री ओलीको अहंकारले जनतासँगको सम्बन्ध टुट्दै गइरहेको छ । जब जनता र गरिब दुखिसँगको सम्बन्ध टुट्छ, त्यो कम्युनिष्ट पार्टी कम्युनिष्ट रहन्न । पुष्पलालको सादगीपूर्ण जीवनमा उनले अपनाएको इमान्दार जीवनशैली र उनले देखेको सुन्दर नेपालको सपना पक्कै पनि यस्तो भद्रगोल थिएन ।

माक्र्सवादले भनेको, पुष्पलालले अनुवाद गरेको कम्युनिष्ट घोषणापत्रलाई मसिनो गरी अध्ययन गरे थाहा पाइन्छ, मुलुक पूर्णत सूदखोर दलाल पूँजीपतिहरुको कब्जामा पुगिसकेको छ । कम्युनिष्ट राज्यसंयन्त्रका सपना त छोडौँ, समाजवाद उन्मुख प्रगतिशील कामहरु समेत यो सरकारबाट हुन सकेन । भूमीको असमान वितरण यथावत् छ । कोरोनाको सँक्रमणकै बेला त देखियो, बाटो खनिरहेका, गिट्टी कुटिरहेका र ज्यावल चलाइरहेका श्रमिकहरुलाई बीच बाटैमा छोडेर ठेकेदारहरु अलप भए । ठेकेदारले बिचल्लीमा पारेपछि उनीहरु भोकभोकै आफ्ना थातथलोमा सुत्केरी, बाल बच्चा च्यापेर भोकै फूको च्यूरा खाँदै हिँड्न बाध्य भए । तर बिडम्बना, कम्युनिष्ट सरकारले तिनै श्रमिकहरुमाथि ज्यादति ग¥यो । उसले ठग ठेकेदारलाई खोज्ने लेठो गरेन ।

असारे झरीको हिलोमा रोडा बिच्छ्याएर झरीमै पीच गरेर पैसा हजम गर्ने धन्दामा स्थानीय सरकारका मालिकहरु हाकाहाकी संलग्न भए । जनतामा जबर्जस्ती कर थोपेर त्यसवापत संकलित रकमले गाडी किन्ने, गोष्ठी सेमिनारका नाममा पैसा खर्च गर्ने काममा संघीय सरकारदेखि स्थानीय जनप्रतिनिधिहरु संलग्न रहे । कम्युनिष्ट भनिएको पार्टीको संघ, प्रदेशदेखि माथिदेखि तलसम्म यो लूटतन्त्र चलिरह्यो यो साढे दुई वर्षमा ।

अझ त्यो भन्दा ठूलो विडम्बना, लिपुलेक, लिम्पियाधुरादेखि कालापानीसम्मको नेपाली भूभाग समेटेर नक्शा जारी भइसकेपछि कूटनीतिरुपमा भारतसँग भूमी फिर्ता ल्याउन पहल गर्नुपर्नेमा पार्टीभित्र विवाद चुलिनु राम्रो कुरा होइन अहिले बडो अचम्मको स्थिति भएको छ, सरकारका विरुद्ध बोल्ने राष्ट्रघाती करार हुने स्थिति खडा भएको छ । राष्ट्रवादको व्यापार गजबले देशमा चलिरहेको छ । सर्वहारा अधिनायकत्वको भाषण गर्ने नेताहरुले आफैँ बाटो बिराउँदैछन् ।

हो, हाम्रा आफ्नै शासकीय इतिहास, साँस्कृतिक विविधताहरु छन्, मान्यताहरु छन् । रोमका पोपको धार्मिक लफ्फाजीका विरुद्ध चुनौति दिँदै माक्र्सले अब धर्मान्धहरु, भूमीपतिहरु, पुस्तैनी राज्य चलाउने अधिकार लिएर आएका कुलिनहरु सबले गुमाउने दिन आएकोछ, जीत श्रमजीवीहरुकै हुनेछ भनेर सँसारका मजदूरहरु एक हौँ भन्ने नारा लगाएका थिए । साँस्कृतिक मान्यता र परम्पराहरुसँगै घुलमिल भएर, जनताका दैनिकीहरुसँग साक्षात भएर जनताको मतबाटै राज्य सञ्चालनमा पुग्ने पुष्पलालको शान्तिपूर्ण संघर्षको बाटोबाटै सत्तामा पुग्दैमा क्रान्ति सफल भएको ठान्नू महाभूल हुनेछ ।

नेकपाले गर्नुपर्ने कामहरु त बल्ल शुरु भएको छ । जमीनको समान वितरण, जसको जोत उसको पोतको सही कार्यान्वयन जस्ता जनजिविकासँग जोडिएको काम गर्नुको साटो दमकमा टावर, केरुङ–काठमाडौं रेल र पानीजहाजको सपनामा सरकारको आधा समय सकिएको छ । हठी र अहँकारी कम्युनिष्ट नेताले हाँकेको गाडीको दुर्गति जनताले हेर्न अभिषप्त छन् । हुनुपर्ने त कम्युनिष्ट विचारकै आधारमा दलले सरकार हाँक्ने, यद्यपि, त्यो शान्तिपूर्ण तरिकाले कब्जा गरिएको सरकार होस् वा लोककल्याणकारी कामहरुको आरम्भ गर्ने सरकार, दलप्रति उत्तरदायी भएर बूँदागत रुपमा जनमैत्री कामहरु गर्ने, सरकारलाई समस्या आए पार्टीले काँध थाप्ने र आफ्ना युवा फौजहरुलाई निर्माणका काममा लगाउनु्पथ्र्यो । उद्योगधन्दाको स्थापना र त्यसमा पूँजीको लगानीबाट उद्योगधन्दाहरु स्थापना गर्ने, अधिक भन्दा अधिक रोजगारीको सिर्जना गर्ने योजना अगाडि सार्नुपथ्र्यो । कृषि, शिक्षा र जलस्रोतमन्त्रीले समेत अर्थमन्त्रीको बजेट भाषण सुनिसकेपछि आफ्ना योजना काटिएको थाहा पाउनुपर्ने, मन्त्रालय वैठकमा मन्त्रीहरुलाई तपाइँहरु आफ्नो कित्ता स्पष्ट पार्नुस् भनेर जवाफ दिनुपर्ने विडम्बनापूर्ण परिस्थिति अहिले देखिएको छ ।

सत्ताधारी कम्युनिष्ट दलका अगुवाहरुको झगडा र प्रधानमन्त्री ओलीको अहंकारले जनतासँगको सम्बन्ध टुट्दै गइरहेको छ । जब जनता र गरिब दुखिसँगको सम्बन्ध टुट्छ, त्यो कम्युनिष्ट पार्टी कम्युनिष्ट रहन्न । पुष्पलालको सादगीपूर्ण जीवनमा उनले अपनाएको इमान्दार जीवनशैली र उनले देखेको सुन्दर नेपालको सपना पक्कै पनि यस्तो भद्रगोल थिएन । आर्थिकरुपमा दलाल अर्थतन्त्र, सांस्कृतिक रुपमा विकृत संस्कृति, राज्यले सम्पन्न र माथिल्लो तहकालाई नै पोस्ने कार्यक्रम बोकेर आफूलाई कम्युनिष्ट भनिरहने कि यसमा अझै परिमार्जन र परिस्कृत गर्दै जाने ? तलका कार्यकर्ताहरु नजुर्मुराए हातमा टालो मात्रै बाँकी नरहला भन्न सकिन्न । कथनी र करनी एक भएन भने मान्छेको विश्वास टुट्छ । विश्वास नै टुटेपछि लक्ष्यमा कसरी पुगिन्छ र ? कसरी उठ्छ आन्दोलनको ज्वार ?

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्