Logo
Logo

जेल जीवन र महिलाको भूमिका


- पूर्णशोभा चित्रकार


लामो समयको राजनीतिक संघर्षपछि नेपाल संघीय, लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्थामा प्रवेश गरेको छ । तिनै तहको निर्वाचनमा नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाइको मत दिएका छन् । सरकारको नेतृत्व पार्टीका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । उहाँको प्रधानमन्त्रीको कार्यकालमा मैले उहाँलाई तीनपल्ट भेटेकी छु । पहिलोपटक प्रधानमन्त्रीकालमा मन्त्रीहरुलाई सपथ खुवाउने दिन शीतलनिवासमा, दोस्रो प्रधानमन्त्रीबाट राजिनामापछि बिदाइभोज बालुवाटारमा र तेस्रोपल्ट दशैँ, तिहार शुभकामना आदानप्रदान कार्यक्रम भृकुटीमण्डपमा ।

पूर्णशोभा चित्रकार

देश र जनताप्रतिको निरन्तर संघर्षको प्रतिफल हो, गणतन्त्र । अब यसको संस्थागत विकासका लागि हामी सबै लाग्नुपर्ने बेला आएको छ । त्यसका लागि सबैभन्दा ठूलो दल नेकपा विधि, विधान र पद्धतिसम्मत ढंगले चल्नुपर्छ । कम्युनिष्ट पार्टी अनुशासित पार्टी भएकोले जनताको आशा र भरोसा यही पार्टीसँग छ । त्यति ठूलो त्याग, तपस्या र जेल जीवनजस्ता कष्टकर समय बिताएर गणतन्त्र नेपालको दुईपटक प्रधानमन्त्री हुनुभएका कमरेड ओलीको काँधमा ठूलो जिम्मेवारी छ ।

भृकुटीमण्डपमा दशैँ चियापान कार्यक्रम लगभग सकिसकेको थियो । मञ्च प्रायः खाली थियो । प्रधानमन्त्री ओली मञ्चमै बसी नै रहनुभएको थियो । प्रधानमन्त्री ओलीलाई मैले नमस्ते गरेँ, उहाँले कसिलो हात मिलाउनुभयो र विगगतमा हामी महिलाहरु हरेक वर्ष उहाँलाई जेलमा टीका लगाउन जाने कुरा सम्झिनुभयो । सबैजसो भेटमा उहाँको एउटै कुरा के मन पथ्र्यो भने, उहाँलगायतका नेताहरु जेल परेको बेला महिला दिदीबहिनीहरु दशैँ र तिहारको टीका कार्यक्रमका लागि जेल पुग्थे । उहाँले सम्झनुभएको विगतको त्यस कुराले मैले महिलाहरुप्रति उहाँको सम्मान सम्झिएकी छु । हो पनि, त्यो बेला जेल टीका कार्यक्रमले भूमिगत पार्टी काममा महत्वपूर्ण भूमिका खेलेको थियो ।
तत्कालीन नेकपा (माले) को स्थापना भैसकेपछि उपत्यकामा महिलाहरुबीच पनि पार्टी काम विस्तार भयो । कोही पनि कार्यकर्ताहरु पार्टीको सम्पर्कबाट टाढा नहुन् भन्ने पार्टीको नीति हुन्थ्यो । खासगरी ०३५÷०३६ को आन्दोलनपछि पार्टीले सडक मात्र होइन, जेल पनि एक कर्मस्थल मानेको थियो र जेलका बन्दीहरुसँग नियमित सम्पर्क हुन्थ्योे । पार्टीको जिम्माको हैसियतले जेलमा भेट्ने कामको व्यवस्थापन गर्ने जिम्माको केही हिस्सा मेरो भागमा पनि परेको थियो ।

त्यो बेलाको कतिपय कुरा बिर्सि पनि सकेकीछु । पद्मा दिदी (मानन्धर) को अनुभवमा पक्राउ पर्ने डरले जेलमा भेट्न जान सजिलो थिएन । नाता लगाउन सजिलोको लागि पाका आमाहरुलाई समेत भेट्ने टीममा सहभागी गराईन्थ्यो । पहिलोपल्टको भेटमा उहाँकी आमा चन्द्रमाया मानन्धर पनि जानुभएको थियो । धेरैजसो खाना पकाउने काम उहाँको घरमा हुने गर्दथ्यो र श्रीमान पूर्णमानले पनि पकाउने काममा धेरै सघाउनुहुन्थ्यो । मेरी भाउजु दिलशोभा चित्रकारको अनुभवमा जेलमा भेट्न जाँदा जेलभित्रका नेताहरुका साना आवश्यकताहरु पूरा होस्, एक छाक भए पनि मिठो खान पाओस् भन्ने हुन्थ्यो । कहिलेकाहीँ एकै ठाउँमा विभिन्न परिकार पकाउन गाह्रो हुने हुनाले फरक–फरक घरमा विभिन्न परिकार पकाएर लग्ने गरिन्थ्यो । खर्चको लागि साथीहरुबाट चन्दा संकलन गरिन्थ्योे । जेलमा भेट्न जाने काम विद्यार्थीहरुको समूहलाई पनि दिने गरिन्थ्यो । पढ्नको लागि काठ्माडौंमा डेरा गरी बसेका विद्यार्थीहरुको आम्दानीको श्रोत घर वा सानातिना जागिरबाट हुने गर्दथ्यो र पैसाको सँधै अभाव हुन्थ्यो । तैपनि उनीहरुले पार्टीको निर्देशनमा जेलमा खानेकुरा, पत्रपत्रिका र टुथपेष्ट, साबुन अन्य आवश्यकताका सामग्रीहरु लानको लागि पैसाको जोहो गर्थे । सडक, बस र पार्कहरुमा ट्वाक हल्लाएर चन्दा संकलन गर्दथे । त्यही क्रममा पनि कति विद्यार्थीहरु गिरप्mतारीमा पर्दथे ।

काठमाडौं उपत्यकामा नख्खु, सेन्ट्रल र भद्रगोल जेलहरुमा राजबन्दीहरुलाई राख्ने गरिन्थ्यो । तीनवटा जेल मध्ये नख्खु राम्रो र सजिलो मान्थे भने सेन्ट्ललाई सकस । बन्दीहरुलाई नख्खु जान पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । चौकीहरुबाट जेलमा सारे पछि बन्दीहरुले राजवन्दीको हैसियतले पत्रपत्रिका पढ्न पाउने, नातेदार भेट्न पाउने देखि लिएर हरेक दिन केही पैसा र चामल पनि पाउँथे ।

दशैं र तिहार, टीका कार्यक्रम भेट्नको लागि महिलाहरुलाई सजिलो थियो । चाडवाडको कारणले कुराकानीमा केही खुकुलो पनि हुन्थ्यो । महिलाहरुले खानेकुरा मात्र होइन, पार्टीका निर्देशनहरु, पुस्तक, पत्रपत्रिकाहरु, चिठीपत्रहरु सजिलै जेल भित्र पास गर्दथे । उनीहरुको अनुभवमा पार्टीका गोप्य निर्देशनहरु थर्मस, ऐना, खानेकुरा, कागजको त्रिकोण थुंगा, मैनले लेखेर पठाउने गरिन्थ्यो । ती कुरा भेट्न जाने सवै महिलाहरुलाई थाहा हुँदैनथ्यो । केही खुकुलो अवस्थामा जेलमा भेट्न जाँदा कविता पढ्ने, गीत गाउने र नाचेर रमाईलो पनि गरिन्थ्यो । राधाकृष्ण मैनालीको भनाइमा महिलाहरु त्यसरी भेट्न आउँदा बन्दीहरुलाई रमाईलो लाग्ने मात्र होइन, बन्दीहरुले जेल बाहिरको पार्टी कामको अवस्था, जिम्मेवारीको अवस्था, परिवर्तन आदि बारे थाहा पाउँथे र प्रेरणा पाउँथे ।

पञ्चायती व्यवस्थामा पार्टीहरु प्रतिबन्धित भएकाले पार्टीको नामबाट आन्दोलन गर्नु सम्भव थिएन । तर मान्छेहरु चुप लागेर दमनलाई सहेर बस्नसक्ने अवस्था पनि थिएन । कतिसम्म भने बनभोजलाई पनि राजनीतिकरण गरेर कार्यकर्ताहरु समातिने र थुनिने घटनाहरु पनि धेरै भए । शिक्षक, विद्यार्थी, मजदूर र अन्य पेशाकर्मीहरुको समस्याहरुको चाङ थियो, सुनुवाइ हुँदैनथ्यो र उनीहरु विभिन्न मागहरु लिएर आन्दोलनमा उत्रिन्थे । आन्दोलनमा हरेक पटक सयौं जेल पर्थे । कहिलेकाहीँ पचासहजारभन्दा माथि पनि जेलमा परेका हुन्थे । दूधकाण्ड, रंगशालाकाण्ड, पिस्कर हत्याकाण्डको विरुद्धमा उठेको आन्दोलनहरुको क्रममा पनि सयौं व्यक्तिहरु जेल परेका थिए । नमिता सुनिता बलात्कार र हत्याको विरुद्धमा उठेको महिलाहरुको आन्दोलनले देशव्यापी रुपमा हिँसाको विरुद्धमा चुप नलाग्न सन्देश दियो र त्यसपछि पनि हिंसाको विरुद्धमा महिलाहरुको आन्दोलन उठ्न थाल्यो । अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च मनाएको बेलामा पनि महिलाहरुले जेल र यातना भोग्नुपरेको थियो ।

पञ्चायती व्यवस्थामा पार्टीहरु प्रतिबन्धित भएकाले पार्टीको नामबाट आन्दोलन गर्नु सम्भव थिएन । तर मान्छेहरु चुप लागेर दमनलाई सहेर बस्नसक्ने अवस्था पनि थिएन । कतिसम्म भने बनभोजलाई पनि राजनीतिकरण गरेर कार्यकर्ताहरु समातिने र थुनिने घटनाहरु पनि धेरै भए । शिक्षक, विद्यार्थी, मजदूर र अन्य पेशाकर्मीहरुको समस्याहरुको चाङ थियो, सुनुवाइ हुँदैनथ्यो र उनीहरु विभिन्न मागहरु लिएर आन्दोलनमा उत्रिन्थे । आन्दोलनमा हरेक पटक सयौं जेल पर्थे । कहिलेकाहीँ पचासहजारभन्दा माथि पनि जेलमा परेका हुन्थे । दूधकाण्ड, रंगशालाकाण्ड, पिस्कर हत्याकाण्डको विरुद्धमा उठेको आन्दोलनहरुको क्रममा पनि सयौं व्यक्तिहरु जेल परेका थिए । नमिता सुनिता बलात्कार र हत्याको विरुद्धमा उठेको महिलाहरुको आन्दोलनले देशव्यापी रुपमा हिँसाको विरुद्धमा चुप नलाग्न सन्देश दियो र त्यसपछि पनि हिंसाको विरुद्धमा महिलाहरुको आन्दोलन उठ्न थाल्यो । अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च मनाएको बेलामा पनि महिलाहरुले जेल र यातना भोग्नुपरेको थियो ।

मैले केही समय केन्द्रीय महिला जेल बस्दा के अनुभव गरें भने, जेलभित्र बस्ने बन्दीहरुप्रति गरिने व्यवहार आन्दोलनहरुको सफलता र असफलतामा निर्भर गर्दथ्यो । आन्दोलन चर्किंदै गयो र आन्दोलनकारीको पक्षमा निर्णय हुनसक्ने सम्भावना भयो भने जेलभित्र बस्नेहरुसँग नम्र व्यवहार गरिन्थ्यो, नत्र अरु बेला कडा व्यवहार । राजनीतिक मुद्दाबाहेक अन्य मुद्दामा जेल बसेकाहरु भने राजनीतिक बन्दीहरु जेलमा जति बढी भयो उति रमाउँथे । उनीहरुले बाहिरका साहसिक कुराहरु सुन्न पाउँथे । बिशेषगरी छोटो अवधिको लागि आउने राजबन्दीहरु सामु यातना कम दिइन्थ्यो । बन्दीहरु भन्ने गर्दथे, ती राजबन्दीहरुले जेलको कुरा बाहिर लगेर तहल्का मच्चाउलान् भन्ने डर जेल प्रशासकहरुलाई हुन्थ्यो । राजबन्दीहरुको संगतले अन्य मुद्दामा जेल बसेका कतिपय बन्दीहरु राजनीतिक रुपले प्रशिक्षित भई जेलमुक्त भए पछि पार्टी जीवन विताउनेहरु पनि छन् ।

आजको नेकपाको नेतृत्वमा बस्ने धेरै जसो नेताहरु कुनै न कुनै समयमा जेल पर्ने धेरै छन् । झापा आन्दोलनको क्रममा पक्राउ परेकामध्ये अमर कार्की, भीष्म धिमाल, मनकुमार गौतम, मंगलमणि सतारले करिब अठार बर्ष जेल जीवन भोगे । मोहनचन्द्र अधिकारी, घनेन्द्र बस्नेत, नरेश खरेलले साढे सत्रबर्ष जेल बसे, मानकुमार तामाङ र अमर अधिकारीले सत्र बर्ष जेल भोगे । पानवीर विश्वकर्माले १६ बर्ष जेल जीवन काटे । केपी शर्मा ओली, राधाकृष्ण मैनाली, नारद वाग्लेले चौध बर्ष जेल जीवन बिताए । मोदनाथ प्रश्रितले गोलघरको जीवनसहित नौ बर्ष बिताए । हर्रेबर्रे काण्डबाट बेदुराम भुषाल, बुद्धिबहादुर राजमाझी लगायतले दश वर्ष जेल जीवन विताए । महिलाहरुमा गौरा प्रसाईं पनि केही वर्ष जेल बसिन् ।

जेलमा टिका लगाउन जाने आमा दिदी बहिनीहरुलाई सम्झँदा धेरैको नाम भन्न गाहारो भैसकेको रहेछ । इतिहासमा जेलको लागि विशेष जिम्मेवारी बहन गर्ने महिलाहरुका ती सबै नामहरु नबिर्सिउन भनेर मैले टिपेर भ्याएको नामहरु यहाँ उल्लेख गर्न खोजेकी छु । पद्मा मानन्धर, सहाना महर्जन, बल्बु महर्जन, सरस्वती वाटी, श्री लक्ष्मी श्रेष्ठ, रीना महर्जन, कमला श्रेष्ठ, प्रतिमा श्रेष्ठ, शान्ति श्रेष्ठ, जमुना श्रेष्ठ र उनकी आमा, गंगा श्रेष्ठ र मलगायत टोखा, कीर्तिपुर, पाँगा, नगाउँ, ललितपुर र भक्तपुरका थुप्रै महिलाहरु जेलमा भेटघाट र टीका कार्यक्रममा सहभागी हुने गर्दथ्यौँ ।
आजको राजनीतिक परिवर्तन एकाध व्यक्ति वा केही नेताहरुको भूमिकाले मात्र स्थापित भएको होइन । आजको परिवर्तनमा धेरै थरिका मानिसहरुको, धेरै किसिमले, धेरै वर्षको सामूहिक मेहनतको फल हो । जेलमा बस्नेले बाहिरका आन्दोलन र विजयको प्रतिक्षा गर्दथे भने बाहिर बस्नेले जेलभित्र यातना सहेर बसेका नेताहरुका आदर्शबाट प्रेरित र जिम्मावारीवोध भएर हिँड्ने गर्दथे । देश र जनताप्रतिको निरन्तर संघर्षको प्रतिफल हो, गणतन्त्र । अब यसको संस्थागत विकासका लागि हामी सबै लाग्नुपर्ने बेला आएको छ । त्यसका लागि सबैभन्दा ठूलो दल नेकपा विधि, विधान र पद्धतिसम्मत ढंगले चल्नुपर्छ । कम्युनिष्ट पार्टी अनुशासित पार्टी भएकोले जनताको आशा र भरोसा यही पार्टीसँग छ ।

प्रतिक्रिया दिनुहोस्