काठमाडौं । काठमाडौं जिल्ला अदालतले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई थप ४ दिन हिरासत राख्न अनुमति दिएको छ । शुक्रवार काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको हो ।

ठगी तथा विश्वासघात अरोपमा प्रहरीले गत सोमबार अग्रवाललाई टोखाबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै अदालतमा पेस गरेको प्रहरीले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको थियो ।
त्यसपछि प्रहरी बिहीबार अग्रवाललाई अदालतमा उपस्थित गराएको थियो । बिहीबार अदालतले एकदिन मात्रै म्याद थप गर्ने अनुमति दिएपछि पुनस् शुक्रवार अदालत लगेको थियो । शुक्रवार अदालतले थप ४ दिन अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सेयर सम्बन्धी ठगी तथा विश्वासघात गरेको आरोपमा पक्राउ गरेको हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
यो पनि पढ्नुहोस्











