
काठमाडौं । मोरङमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।
साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पु¥याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको पहरीले जनाएको छ।
सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।














