काठमाडौं । अमेरिकी उपराष्ट्रपति जे.डी. भेन्सले भारतमाथि लगाइएको भन्सार शुल्क रूसलाई आर्थिक दबाब दिने रणनीतिको हिस्सा भएको बताएका छन् । एनबीसी न्युजसँगको कुराकानीमा उनले भारतमाथिको शुल्क बहाना मात्र भएको र मुख्य निशाना रूस रहेको दाबी गरे ।

‘राष्ट्रपति ट्रम्पले रूसको तेल व्यापारलाई रोक्न भारतमाथि दोस्रो चरणको भन्सार शुल्क लगाउनुभएको हो,’ भेन्सले भने । उनले रूसले युक्रेन युद्ध रोके विश्व अर्थतन्त्रमा पुनर्समावेश हुन सक्ने, नत्र एक्लिनुपर्ने चेतावनी दिए । राष्ट्रपति ट्रम्पले हालै भारतमाथि २५५ भन्सार शुल्क लगाएका थिए, र रूसबाट तेल र हतियार खरिद गरेको भन्दै थप २५५ शुल्क घोषणा गरे, जुन २७ अगस्टदेखि लागू हुनेछ ।
यसले अमेरिकामा राजनीतिक बहस तीव्र बनाएको छ । भारतीय विदेशमन्त्री एस.जयशंकरले चीन र युरोपले रूसबाट धेरै ऊर्जा खरिद गर्दा पनि भारतमाथि मात्र शुल्क लगाउनु अन्यायपूर्ण भएको बताए । रिपब्लिकन नेतृ निक्की हेलीले भारतजस्तो मित्र राष्ट्रको महत्त्व बुझ्नुपर्ने उल्लेख गरिन् । पूर्व विदेशमन्त्री जोन केरीले ट्रम्पको नीतिले सहयोगीहरूलाई टाढा पारेको टिप्पणी गरे ।











