Logo
Logo

व्यक्तिवाद र अहङ्कारवादको प्रतिकारमा नेकपा एस बनेको हो : नेपाल 


819
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी स्थापनाको चौथो वर्षका अवसरमा राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अभ्यास र जनताको आधारभूत अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: madhab.gif

सोमबार शुभकामना सन्देश जारी गर्दै उनले कम्युनिस्ट आन्दोलनको उद्देश्य मजदुर, किसान र उत्पीडित वर्गलाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध एकजुट गरी वर्गविहीन, शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु रहेको बताए । 

नेपालले नेपालको कम्युनिस्ट आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आधार बनाएर श्रमिक, किसान, दलित, महिला र अवसरबाट वञ्चित वर्गको मुक्तिका लागि सङ्घर्ष गरेको स्मरण गराए । 

उनले पार्टी दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहङ्कारवाद र अधिकार केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहबाट स्थापित भएको दाबी गरे । पार्टीले समाजवाद उन्मुख लोकतन्त्र, समतामूलक समाज र उत्पीडित वर्गको अधिकार संस्थागत गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आन्दोलनमा विद्यमान विकृतिविरुद्ध जनतालाई गोलबन्द गर्नुपर्ने आवश्यकता औँल्याए ।

साथै, कालापानी, लिपुलेक र लिम्पियाधुराको सार्वभौमिकतामा आँच पुग्ने भारत–चीन समझदारीप्रति सरकार र सम्बन्धित पक्षलाई दबाब दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्