Logo
Logo

काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम


882
Shares

काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्ला भइ बहने केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको भन्दै ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।

महाशाखाका अनुसार दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु र हुम्ला भई बहने केही सानामा नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्