काठमाडौं । जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

बागलुङ नगरपालिका-१, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट नगरपालिका-३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका-१, २ र ३ मा कर्फ्यु आदेश जारी गरिएको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्नेरगराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा जनाइएको छ ।














