Logo
Logo

गन्तव्य हराएको कांग्रेस ब्युँझेला कहिले ?


- माथवरसिंह बस्नेत


  • माथवरसिंह बस्नेत

कांग्रेसले गन्तव्य हराएको कुरा सुन्दा भारतका नेपाल नीति निर्माताहरुको माथा अहिले पनि त्यसरी नै ठोक्किने गर्दछ, जसरी १२ बुँदे दिल्ली सम्झौताताका कम्युनिष्टको एजेन्डामा कांग्रेसलाई लतारेर लैजानलाग्दा त्यसो गरेर भारतले आफ्नै खुट्टामा बन्चरो हान्दैछ भनेको सुन्दा उनीहरुको माथा ठोक्किने गरेको थियो । त्यसरी सचेत गराउन खोज्नेहरुलाई उसले राजाका दलाल भनेर आफ्ना दलालमार्फत तिनको घोर विरोध गर्न लगाएको धेरैको समृतिमा अझै ताजै होला । त्यसैले त भारतको सम्मोहनमा परेका कांग्रेस, एमाले, माओवादी, मधेसवादी आदि सबै दलका नेताहरु १२ बुँदे दिल्ली सम्झौता गराएर भारतले नेपाल र नेपालीमाथि महान उपकार गरेको स्तुतिगान गरेर थाकिरहेका थिएनन् । दलका नेता, बुद्धिजीवी मात्र होइनन्, मिडियाका मालिक तथा मिसनरी पत्रकारहरु समेत अर्थपूर्ण सहयोगबाट रोमाञ्चित बनेका थिए । परिणामस्वरुप नेपथ्यबाट जे निर्देशन आउँथ्यो, नेपाली नेताहरु त्यसैलाई दोहो¥याउँदै हिड्थे । नेताहरुका कथनलाई टपक्क टिपेर कथित् बुद्धिजीवी तथा पत्रकार पनि त्यसलाई वेदवाक्य मानेर दोहो¥याउन पाएकोमा गद्गद् हुनेगर्थे । लोकतन्त्र, किन र कुन अर्थमा प्रजातन्त्रभन्दा भिन्न र बेग्लै हो, त्यसमाथि छलफल नै नचलाई त्यो शब्द नेपालीमाथि लाद्ने काम मात्र भएन, प्रजातन्त्रलाई आफ्नो आदर्श मान्ने कांग्रेस र प्रजातन्त्र मासेर जनवाद ल्याउन हिडेका कम्युनिष्ट दुवैथरिले दिल्लीबाट बोकेर काठमाडौं ल्याएको लोकतन्त्रवादीको प्रमाणपत्र प्राप्त गर्न पाएकोमा आफूलाई धन्य सम्झेका थिए । त्यसपछि उनीहरुले प्रजातन्त्र र साम्यवादको सैद्धान्तिक आधारमा बहस र छलफल चलाउनै छाडिदिए, किनभने उनीहरुले त्यसो गर्ने नैतिक साहस गुमाइसकेका थिए ।

सतीदेवीको लाश बोकेर हिँडेका महादेवजस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कांग्रेसको निर्जिव लाश बोकर देश दर्शनमा एक दिन अवश्य हिड्लान् र लाशका अंग झरेका स्थानमा पिठ पनि स्थापित होला । तर उनको त्यो यात्राले राष्ट्रिय राजनीतिलाई दिशाबोध गराउन भने सक्ने छैन । किनभने, महादेवलाई त्यसबेला बेहोस अवस्थाबाट होसमा ल्याउन ब्रम्हा र विष्णुले ब्युँझाएर दिशाबोध गराएका थिए । तर अहिले कांग्रेसलाई त्यस्तो दिशाबोध गराउने मूडमा अन्तर्यामी पनि तयार देखिएका छैनन् । अनि, कांग्रेसले सरकारको विरोध किन गथ्र्यो ? प्रतिपक्षलाई सरकारले टेरपुच्छर लगाउन छाडेको कारण पनि त्यही हो ।

त्यस्तो वैचारिक दिशाहीनता र नपुंशकतालाई संविधानसभाले बनाएको संविधानले संस्थागत तुल्याएपछि नेपालको राष्ट्रिय राजनीतिले दिशाबोध गरोस् पनि कसरी ? राष्ट्रको चरम लक्ष– समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माण हो भन्ने संविधानको घोषणा छ । अर्थात्, त्यसलाई कम्युनिष्ट प्रणालीको पहिलो सोपान हो भन्ने दस्तावेजमा सहिछाप गरेको कांग्रेसले अझै लोकतन्त्रको राग अलाप्नु भनेको निर्लज्जताको प्रदर्शन मात्र थियो । सैद्धान्तिक रुपमा कम्युनिष्टसमक्ष घुँडा टेकिसकेपछि पनि हामी त लोकतन्त्रप्रति प्रतिवद्ध छौ भन्नु भनेको आफैं भित्रको अन्योललाई थप उजागर गर्नु हो भन्ने दोहो¥याइरहन आवश्यक छैन । त्यस्तो द्वैध मनस्थिति र चरित्र बोकेको नेतृत्व र संस्थाले अरु जे सुकै गरे पनि राष्ट्रलाई नयाँ दिशाबोध गराउन सक्तैन । त्यो वास्तविकता, कांग्रेसको अन्यमनस्कताले छरपस्ट गरेकै छ । समयको माग हो, आजको अन्योलपूर्ण अवस्थाबाट देश र जनतालाई मुक्त तुल्याउनु । त्यसका लागि कांग्रेसले आफ्नो उद्देश्य र लक्ष कम्युनिष्ट पद्धति ल्याउने प्रयास रोक्ने मात्र होइन, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो भनेर किन प्रस्ट पार्न नसकेको ? ख्वै, कांग्रेसले त्यसो भन्न सकेको ? सोझो र स्पष्ट शब्दमा आफ्ना दस्तावेजमा ती कुरा किन राख्दैन कांग्रेस ? कसको डरले उसलाई त्यसो भन्नबाट रोकिरहेछ ? उसले त डंकाको चोटमा भन्नुपथ्र्यो, त्यसका निम्ति कांग्रेसले विगतमा गरेका गल्ती सच्याउने र कोर्स करेक्सन गर्ने छ । किन उसले त्यसो भन्न सकिरहेको छैन ? जुन प्रतिवद्धता उसले व्यक्त गर्नै पर्ने हो, त्यही कुरा भन्न सकिरहेको छैन, कांग्रेस । अनि, कसले पत्याउँछ, कांग्रेसलाई ? त्यसका लागि सिद्धान्तमा आधारित नीति तथा कार्यक्रम चाहिन्छ । कांग्रेस त्यही दिन सकिरहेको छैन । नसकेको मात्र होइन, त्यस्तो इच्छाशक्ति नै देखाउन सकिरहेको छैन ।

अहिलेको कांग्रेसभित्र जुन अन्योल, अव्यवस्था र अराजकता छचल्किएर सडकमा पोखिन थालेको छ, ती सबै सिद्धान्तको विचलनबाट उत्पन्न अस्तव्यस्तता को स्वभाविक परिणाम हो । अनि हो, नेतृत्वको इच्छाशक्तिको नितान्त अभावले पैदा गरेको निराशा र हताशाजन्य भद्रगोल । दुर्गति कति दयनीय छ भने जतिसुकै गुट उपगुटमा विभाजित किन नहोस्, तिनका भुरे टाकुरे कुनै पनि गुटका नेतामा किन नहुन्, तिनमा समस्याको जडमा पुग्ने गुण र क्षमता नै छैन । अनि विगतका गल्ती सच्याउने सोच र साहस जुटोस् कसरी ? त्यही १२ बुँदे सम्झौताको अक्षय कोषबाट अलि ठूलो अंश पाउने अपेक्षाबाहेक उनीहरुमा नेपालको स्वाभिमान जोगाउन चाहिने भिजन पटक्कै छैन । त्यसको अभावमा राजनीतिको प्रवाहलाई नयाँ दिशामा मोड्ने अथवा परिवर्तन गर्ने आँट र हिम्मत नेतृत्वले देखाउन सक्ने सवाल पनि पैदा हुँदैन । जबसम्म त्यस्तो साहस नेतृत्वले देखाउँदैन, तबसम्म कांग्रेसलाई समर्थन गर्नुको औचित्य पुष्टि हुन सक्तैन भन्ने भारतका नेपाल नीतिसम्वन्धमा निर्णायक तहमा रहेका र पुरानो नीतिमा परिवर्तन चाहनेहरुसमेत कांग्रेसको त्यस्तो दरिद्र अवस्थाबाट निराश बन्नपुगेका छन् । हिजोसम्म उसका निम्ति कांग्रेस एक मात्र विकल्पहीन प्रजातान्त्रिक शक्ति थियो, अब त उसले जसलाई लोकतन्त्रवादीको बिल्ला भिराइदियो, त्यही शक्ति प्रजातान्त्रिक विकल्प सावित हुने र त्यसैले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने स्थिति स्थापित भइसक्यो । तर कांग्रेस त्यो धरातलीय यथार्थबाट बेखवर देखिएको छ । त्यही कारण कांग्रेसभित्रको अहिलेको कचिंगलप्रति नेपाली राजनीतिका स्टेक होल्डर जति छन्, ती सबै चनाखो दृष्टि टिकाएर हेरिरहेका त छन्, तर अपेक्षा राखेर होइन, अझ कति तल झर्ने हो, त्यो जिज्ञाशाले मात्र उसमाथि निगरानी राखिरहेका छन् । ती सबै प्रकरणको रोचक पक्षचाहिँ के छ भने कांग्रेसमा सुध्रने र सुधार्ने लक्षण सूदूर पारिसम्म कतै देखिन्न । आमूल परिवर्तनको नेतृत्व गर्ने कुरा त उनीहरुले सोच्न पनि सकेका छैनन् ।

कांग्रेसमा नैराष्यता छ, सिद्धान्तको अभावले उत्पन्न गरेको नकारात्मक रिक्तता छ, राजनीतिक कार्यक्रमको अभावले कुँजो हुने हदसम्मको निस्क्रियता, उत्साहहीनता, विरोधीप्रतिको आक्रमकताको अभावले उत्पन्न आक्रोशजस्ता खेदजनक परिस्थिति र वातावरण छ । तर त्यसका विरुद्ध खडा हुने वैकल्पिक योजना र कार्यक्रम कसैसंग छैन । पार्टीका केन्द्रदेखि गाउँसम्मका निकायहरु डेढ वर्षअघि नै म्याद सकिएको औषधीमा पानी थपेर पिलाएको भरमा जिवित राखिएको छ । त्यसले शरिरमा उत्साह, स्फूर्ति र जाँगर जगाउने प्रश्नै छैन । येनकेन प्रकारेण घिसार्ने काम मात्र भइरहेको छ ।

यति भनिसकेपछि कोरोना भाइरसको महामारीको सामना गर्न नितान्त असफल भएको रोगी सरकारको सशक्त विरोध गरेर आफ्नो भविष्य सुरक्षित तुल्याउने अपूर्व अवसरको कांग्रेसले किन लाभ उठाउन सकेन भन्ने प्रश्नको जवाफ दिइरहनै परेन । स्वस्थानी कथामा वर्णित एउटा प्रसंग यहाँ सान्दर्भिक हुनसक्छ । कथामा हिमालयले गरेको यज्ञमा छोरी सतीदेवी र ज्वाई महादेवलाई आमन्त्रित नगरेको रिस खप्न नसकेर त्यही यज्ञकुण्डमा हामफालेर आत्महत्या गरेकी सतीदेवीको लाश बोकेर हिँडेका महादेवजस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कांग्रेसको निर्जिव लाश बोकर देश दर्शनमा एक दिन अवश्य हिड्लान् र लाशका अंग झरेका स्थानमा पिठ पनि स्थापित होला । तर उनको त्यो यात्राले राष्ट्रिय राजनीतिलाई दिशाबोध गराउन भने सक्ने छैन । किनभने, महादेवलाई त्यसबेला बेहोस अवस्थाबाट होसमा ल्याउन ब्रम्हा र विष्णुले ब्युँझाएर दिशाबोध गराएका थिए । तर अहिले कांग्रेसलाई त्यस्तो दिशाबोध गराउने मूडमा अन्तर्यामी पनि तयार देखिएका छैनन् । अनि, कांग्रेसले सरकारको विरोध किन गथ्र्यो ? प्रतिपक्षलाई सरकारले टेरपुच्छर लगाउन छाडेको कारण पनि त्यही हो ।

प्रतिक्रिया दिनुहोस्