यो वर्षको दशैं र कोरोनाको महामारी « Drishti News – Nepalese News Portal
Logo

यो वर्षको दशैं र कोरोनाको महामारी


- कृष्णमणि पराजुली


  • कृष्णमणि पराजुली

नेपाली जनताले मनाउने सबैभन्दा ठूलो चाड भनेको दशैं हो । यो नेपालको प्रायः सबै जातजातिले मनाउने भएको हुँदा दशैँ नेपालको कुनाकाप्चामा समेत मनाइन्छ । सबैले यसलाई समानरुपले हेरेको देखिन्छ । हाम्रो समाजमा अरु समयमा केही बैमनस्य झैझगडा भएर बोलचाल, आवतजावत बन्द भएकाहरु पनि यो दशैंलाई महत्व दिएर समाजमा रमाइलो गरेका हुन्छन् ।

के हिमाल, के पहाड, के तराई सबैले देवी भगवतीको पूजाआरधना गरेका हुन्छन् । यो समय खेतीपाती लगाएर सकिसकेको र धान थन्क्याउने समय पर्खेर बसेको हुन्छ । खेतीपाती लगाउने समय सकिसकिएको र त्यसलाई थन्क्याउने समय आइनसकेको हुँदा सबै कृषकहरु फुर्सदिला भएका हुन्छन् । उनीहरुलाई कुनै चिन्ता, पिर नहुने समय भनेको नै यही समय हो ।

नेपाली जनता विभिन्न जातजाति, सम्प्रदायमा विभक्त भए पनि जातजातिको विषयलाई लिएर कहिल्यै द्वन्द्व भएको देखिँदैन । हिन्दू, बौद्ध, मुस्लिम धर्मावलम्बीहरुबीच एकापसमा भाइचाराको सम्बन्ध भएको छ । मुस्लिमको चाडपर्वलाई हिन्दूहरुले त्यत्तिकै श्रद्धा गरेका हुन्छन्, भने हिन्दूहरुको चाडपर्वलाई पनि मुस्लिमले त्यत्तिकै श्रद्धा गरेका हुन्छन् । एउटा बुद्धिष्ट पशुपतिमा गएको हुन्छ भने अर्को हिन्दू त्यत्तिकै श्रद्धा बोकेर स्वयम्भू पुगेको हुन्छ । मुस्लिम र हिन्दूमा पनि एकअर्काले घृणा गरेका हुँदैनन् । यस प्रकारको धार्मिक सहिष्णुताले गर्दा एकअर्काका चाडपर्वलाई सबैले आस्थाका साथ मनाएका हुन्छन् । त्यसैले नेपाल एक यस्तो देश हो जहाँ विभिन्न जातजाति, धर्म भए पनि विविधतामा एकता भएको पाइन्छ । विश्वमा नेपाललाई पहिचान गराउने विभिन्न कुरामध्ये यसलाई प्रमुखरुपमा लिन सकिन्छ । यस प्रकारको सहिष्णुता विश्वमा बिरलै पाइने हुन्छ ।

सरकार भनेको जनताको अभिभावक हो । पेट काटीकाटी भारी बोक्ने भरियाले समेत सरकारलाई कर तिरेको हुन्छ । अहिले यस्तो आपत् परेका बेलामा किन सरकारले अभिभावकको भूमिका निभाउँदैन ? कि जीविका चलाउन काम दिन सक्नुप¥यो, कि त जोखिममा परेका आफ्ना जनतालाई राहत उपलब्ध गराएर बचाउनुप¥यो । सरकारले सहयोग गर्ने भनेको यस्तै अवस्थामा हो र जनताले पनि सरकारलाई चिन्ने भनेको पनि यस्तै अवस्था हो ।

दशैं बिदामा शहरमा बसेकाहरु पनि गाउँ फर्किएका हुन्छन् । छिमेकी मुलुक भारतमा गएका पनि आफ्नो घरपरिवार सम्झँदै झिटीगुण्टा बोकी दशैं खर्च बोकेर आएका हुन्छन् । सात समुद्र गएकाहरु पनि मौका मिलाएर सकभर आफ्नो जन्मभूमि आएकै हुन्छन् ।

दशैंमा खास गरेर बच्चाहरुको लागि धेरै नै रमाइलो हुन्छ । दशैं कहिले आउँछ र राम्रो लगाउन र मिठो खान पाइन्छ भन्ने पर्खाइमा बसेका हुन्छन् । हुन पनि अरु ठूला मान्छेहरुलाई दशैं दशा पनि हुन सक्दछ । गाउँघर र शहरमा निम्न आय हुने वर्गलाई यो चाड मनाउन धेरै खर्चिलो हुन्छ । त्यसैले उनीहरुले खसी, बोका, कुखुरा, हाँसजस्ता पशुपंक्षीको व्यवस्था आफ्नो खर्च कटाएर भए पनि पहिले नै व्यवस्था गरेका हुन्छन् । घरमा टीका लगाउन नातागोता, इष्टमित्र आउने हुँदा आवश्यक सामग्री व्यवस्था गर्नु पनि बाध्यता नै हुन्छ ।

दशैंमा बच्चाहरुकै लागि भनेर गाउँगाउँमा रोंगटे पिङ, जाँतेपिङ, डोरेपिङ बनाएका हुन्छन् । राम्राराम्रा लुगा लगाउन पाउने, मिठोमिठो कुरा खान पाउने र पिङ खेलेर रमाइलो पनि गर्न पाइने हुँदा केटाकेटीको लागि सधैँ दशैं आए हुन्थ्यो जस्तो पनि हुन्छ । त्यसैले उनीहरु कहिले दशैं सकिन्छ भनी आफ्ना अभिभावकसँग सोधनी गरिरहेका हुन्छन् । यो चाड कुनै व्यक्ति विशेष, समुदाय, क्षेत्र वा भूगोलमा सीमित भएको हुँदैन । अवाल बृद्ध बनिता सबैले मनैदेखि यो चाड खुशी भएर मनाउने गर्दछन् । कसैको आर्थिक अवस्था कमजोर भएको कारणबाट मनाउन नसके अरुलाई पनि खल्लो अनुभव हुने हुँदा सबैले सहयोग गरेका हुन्छन् पनि ।

दशैँको अर्को महत्वपूर्ण पक्ष भनेको उपयुक्त मौसम हो । यो अवधिमा न त पानी पर्ने समय हो, न त सुक्खा भएर गर्मी हुने समय हो, न त जाडो हुने समय नै हो । यो बेलामा विभिन्न प्रकारका मिष्ठान्न व्यञ्जन र माछा मासुजन्य पदार्थ खाए पनि शरीरले पचाउन सक्ने भएको हुँदा यो समय कृषकहरुको लागि निकै उपयुक्त मानिएको छ ।

प्रत्येक वर्षमा मनाइने यो चाड आश्विन महिनाको शुक्ल प्रतिपदाको दिनदेखि लगातार १० दिनसम्म मनाइने गरिन्छ । १० दिनसम्म देवी भगवतीको आरधना गरी मनाइने भएकाले यसलाई विजयादशमी भनिएको हुन सक्दछ । देवी भगवतीलाई बलि चाहिने भएकाले प्रतिपदाका दिनदेखि नै बलि चढाउने गरिन्छ । धनीमानी हुनेखानेले दशैँ दिन बलि चढाउने गर्दछन् भने नहुनेले कुपिण्डो, घिरौलालाई बलि चढाउने गर्दछन् । दश दिनसम्म राम्रो गरी मनाउने भए पनि खासगरी अष्टमी, नवमी विशेष उल्लास हुन्छ । यी दुई दिनमा खसी, बोका, राँगालाई काटमार गरेर मासु खाने हुँदा केटाकेटीहरु धेरै रमाएका हुनछन् ।

दशमीको दिनमा भने टीका ग्रहण गरिएको हुन्छ । कसै कसैले यो एक दिन मात्र टीका लगाउने चलन भए पनि अहिले भने पूर्णिमासम्म नै टीका लगाउने चलन बढ्दै गएको छ । दशैंजस्तो महान् चाड, त्यही पनि वर्ष दिनमा एक पटक मात्र आउने भएकाले टाढा–टाढा आउनेहरुलाई अप्ठेरो पर्ने महसुस गरी पूर्णिमासम्म लगाउने चलन बढ्दै गएको हुन सक्दछ ।

कर्मचारीले तलब पाउँछन्, अवकाशप्राप्तले निवृत्तिभरण पाउलान्, सानोतिनो व्यवसाय चलाउनेहरुले थोरै भए पनि आम्दानी गर्लान् । तर, कतै केही नभएका यी भुइँमान्छेको लागि न त सरकारले केही गर्छ न त आफ्नै पसिना बगाएर गरिखाने वातावरण छ । यस्ता उपर सरकारको किन दृष्टि पुग्दैन प्रश्न अनुत्तरित नै छ । अहिले सरकारले लकडाउन खोले पनि यी ज्याला मजदुरी गर्नेलाई केही सहज भएको देखिँदैन । जसोतसो परिवार धानी आएकाको दैनिकी झन् कष्टकर बन्दै गएको छ । लकडाउन खोल्नु र नखोल्नुमा यिनीहरुको लागि खासै अर्थ छैन ।

यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाइन्छ । यसमा आफूभन्दा ठूला मान्यजनको हातबाट टीका, जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । निधारमा टीका, टाउको र कानमा जमरा, गलामा माला, राम्रा लुगा लगाएर सजिसजाउनै दशैँ पर्वका मुख्य विशेषता हुन् । नौ दिनसम्म देवीलाई विभिन्न रुपमा मानेर पूजाआरधना गरिएको हुन्छ । यस दशैंमा सप्तमीको दिनमा फूलपाती भित्र्याउने भनी विशेष उल्लासका साथ मनाउने पनि गरिन्छ । नेपालमा चलिआएको परम्पराअनुसार पृथ्वीनारायण शाहको दरबार गोरखाबाट रातारात गरी डोलीमा फूलपाती बोकेर ल्याएर काठमाडौँको जमलमा भित्र्याउने प्रचलन अहिलेसम्म पनि विद्यमान चलिनै रहेको छ ।

यो त भयो दशैंबारेको छोटो टिप्पणी । तर, अहिलेको दशैं तपाईं हामीले सोचेजस्तो हुनेछैन । २०७६ साल चैत ११ देखि कोरोना भाइरस महामारी नियन्त्रण गर्न सरकारले लकडाउन लगायो । यो अवधिमा मानिसको आवागमन बन्द हुन पुग्यो । यो महामारीले धेरै धनजनको क्षति बनायो र अझ बनाउँदै गएको छ । अझ कति समय रहने हो अनिश्चित नै छ । दैनिक ज्यालादारीमा काम गरेर आफू र परिवार धान्नेहरुको रोजीरोटी हराएको छ । जनता भोकभोकै मर्न थालेका छन् । खुला सडकमा थाल थापेर जीवन धान्नुपरेको दयनीय अवस्था छ । केही दिनसम्म त स्थानीय पालिका र सहयोगी दयालु हातहरुले बिहान बेलुका खाना खुवाउँदै पनि आएका थिए । यसले पनि हाल आएर निरन्तरता पाएको देखिँदैन । केही व्यक्तिले राहत पाए पनि कष्टकर जीवनयापन गरिरहेका निमुखा जनताले त्यही राहत पाउन नसकेको समाचार पनि पत्रपत्रिकामा आइनै रहेका छन् ।

कर्मचारीले तलब पाउँछन्, अवकाशप्राप्तले निवृत्तिभरण पाउलान्, सानोतिनो व्यवसाय चलाउनेहरुले थोरै भए पनि आम्दानी गर्लान् । तर, कतै केही नभएका यी भुइँमान्छेको लागि न त सरकारले केही गर्छ न त आफ्नै पसिना बगाएर गरिखाने वातावरण छ । यस्ता उपर सरकारको किन दृष्टि पुग्दैन प्रश्न अनुत्तरित नै छ ।

अहिले सरकारले लकडाउन खोले पनि यी ज्याला मजदुरी गर्नेलाई केही सहज भएको देखिँदैन । जसोतसो परिवार धानी आएकाको दैनिकी झन् कष्टकर बन्दै गएको छ । लकडाउन खोल्नु र नखोल्नुमा यिनीहरुको लागि खासै अर्थ छैन । उनीहरुको लागि अर्थ हुने भनेको काम पाउनु हो । कतिपय श्रमिक, मजदुर बाटा खर्चसमेत नभएको हुँदा बेखर्ची भएका छन् । दशैँजस्तो वर्षमा एकपटक आउने चाड मनाउन आफ्नो जन्मभूमि घर फर्कन पाएका छैनन् । शहरमा बसौ काम छैन । यस्तो जोखिम अवस्थामा पनि सरकार रमिता हेरी बसिरहेको छ । कसलाई मन्त्री बनाउने, कसलाई राजदूत बनाउने, कुन सचिवलाई कहाँ पठाउने, आफ्ना मान्छेलाई कुन आकर्षण स्थानमा पठाउने विषयमा नै सरकारको ध्यान केन्द्रित भएको छ । सरकार भनेको जनताको अभिभावक हो । पेट काटीकाटी भारी बोक्ने भरियाले समेत सरकारलाई कर तिरेको हुन्छ । अहिले यस्तो आपत् परेका बेलामा किन सरकारले अभिभावकको भूमिका निभाउँदैन ? कि जीविका चलाउन काम दिन सक्नुप¥यो, कि त जोखिममा परेका आफ्ना जनतालाई राहत उपलब्ध गराएर बचाउनुप¥यो । सरकारले सहयोग गर्ने भनेको यस्तै अवस्थामा हो र जनताले पनि सरकारलाई चिन्ने भनेको पनि यस्तै अवस्था हो ।

(लेखकः नेपाल सरकारका पूर्वउपसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्