Logo
Logo

शुभकामना दृष्टिलाई


-बिन्दिया प्रधान


  • बिन्दिया प्रधान

३७ वर्षे परिपक्व दृष्टिलाई मेरो हार्दिक शुभकामना । आरोह अवरोह अर्थात् उकाली ओरालीहरु पार गर्दै जति दुःख भए पनि दृष्टिले आफ्नो यात्रा जारी राखेर अगाडि बढिरह्यो देशमा, परिवेशमा विद्यमान विकृति र विसंगतिविरुद्ध ३७ वर्षसम्म निरन्तर दृष्टिले अडिगरूपमा धैर्य र साहसका साथ शंखनाद गर्दै जसरी जुध्ने काम गरिरह्यो त्यो प्रशंसनीय छ । दृष्टिको यो जुधाइ र लडाइँमा कति हण्डर, चुनौती अनि चेतावनीहरुका सामना गर्न प¥यो होला तर, देश र जनताका हितमा जहिले पनि कर्तव्यबोधसहित अगाडि बढिरह्यो दृष्टि । मान्छे आउँछन् जान्छन् तर नदी निरन्तर बहिरहन्छ भनेजस्तै दृष्टि पनि यसरी नै निरन्तर अगाडि बढिरहन सकोस !

मान्छे होइन दृष्टि सधैँ नदी बनेर बहिरहोस !

आफ्नो स्तम्भ लेखन र दृष्टि पत्रिका एकआपसका दुःखसुखका साथीझैँ लाग्छ मलाई । विविध ब्यक्तिगत कारणले बीचबीचमा मेरो स्तम्भ लेखनले निरन्तरता पाएन । तर त्यस्ता बीचमा टुटेका अवधि घटाउँदा पनि मैले करिब २२ वर्ष जति दृष्टिको यो ‘सम्पूर्ण आकाश’ स्तम्भमा लेखिसकेकी रहेछु । दुःखसुखका साथीभाइसँग मात्र मनको बह पोख्न सकिन्छ । मनमा सधैँभरि सुखको हाँसो, खुशी, उज्यालो घाम र ढकमक्क फुलिरहने फूलहरु मात्र हुँदैनन् । एउटा लेखकको मनलाई बादल, झरी, औँशीको कालो रातझैँ लाग्ने विकृति विसंगतिहरु, प्राकृतिक प्रकोप, महामारी अनि बिझाउने काँडाहरुले जहिले पनि घोँचिरहन्छ बिझाइरहन्छ । यस्तोमा जेसुकै होस् भनेर मस्त चैनको निद्रा निदाउन सकिँदैन । चित्त नबुझेर छटपटी भएको बेला यस्तो भइदिएको भए ? यस्तो गरिदिएको भए ? यस्तो हुनुपर्ने नि भन्ने असन्तुष्टि अनि सुधार र प्रयास यस्तो पनि हुन सक्थ्यो नि भन्ने लाग्छ । सामाजिक जागरणसँगै आर्थिक जागरण झनै आवश्यक हो भन्ने लागेर आर्थिक र बैंकिङ÷वित्तीय क्षेत्रप्रतिको आफ्नो रुचि र सिकाइबाट जानेका सन्दर्भहरु धेरैलाई काम लाग्न सक्छन् भनी ती सन्दर्भहरु कागजमा पोखिसकेपछि मात्र सन्तुष्टी हुन्छ । मेरो मनका यस्तै भावनाहरु, सिकाइ अनुभव र परिवेशका समसामयिक घटना र त्यसका विश्लेषण दृष्टिको सम्पूर्ण आकाश स्तम्भमा निरन्तर पोखिने गरेको छ ।

बिन्दिया प्रधान

कम्युनिष्टको सरकार पनि ठेकेदारी, सेटिङ, एजेण्ट र बिचौलिया प्रथाको हिमायती बनेको र त्यसैको संरक्षण गर्दैछ भन्ने भनाइहरु र जनगुनासाप्रति कानमा तेल हाल्ने चरम लापरवाहीको हामी मूकदर्शक बन्न बाध्य भएका छौँ । कोभन्दा को कम र अहंवादको खेल रमिता सित्तैमा हेर्न पाइएको छ । कांग्रेस राम्रो कि कम्युनिष्ट राम्रो भनेर हेर्ने र पर्खने दिनहरुको समाप्ति भइसक्दा, ३०औँ वर्ष बितिसक्दा पनि गहिरो दुःखका आहालमा डुबेका आम निमुखा मान्छेहरुको अवस्था सुध्रन सकेको छैन । आम नागरिकका सामाजिक÷आर्थिकस्तर लामो समयसम्म पनि नउकासिएकै कारण अहिलेको विश्वव्यापी कोरोना महामारीको यो संकटमा निमुखा नेपालीहरुले नपाउनु दुखः पाइरहेछन् । अनि यो अथाह संकटको भुमरीबाट पार कसले लाउला भनी निरास भएका छन् ।

तमाम विकृति विसंगतिविरुद्ध जहिले पनि लडिरहने भएपछि सम्बन्धितहरुले त्यो लडाइँ मन पराउँदैनन । त्यसो हुँदा पत्रिकामा जतिसुकै आम मान्छेलाई, समाजलाई अत्यन्त उपयोगी सामग्री लेखे पनि कतिपयका लागि त्यसको कुनै मूल्य हुँदैन । मलाई पनि सरसल्लाहा बेलाबेलामा आउथ्यो ‘दृष्टिमा किन लेखिरहनपरेको हो सँधै ?’ तर त्यस्तो प्रतिक्रिया आएपछि पनि मैले दृष्टिमा नै लेखिरहेँ । शुरुदेखि सम्पूर्ण आकाश स्तम्भमा लेखेको हुनाले अहिले पनि आत्मीय स्तम्भ र पत्रिकालाई छाड्न मन नलागेको हो । तर यति हँुदाहँुदै पनि के भन्न मन लाग्छ भने पत्रिकामा बिना कुनै भेदभाव उपयोगी सबै सामग्री अटाउनुपर्छ । पीत पत्रकारिताको जमाना अब धेरै टाढाको कुरा भइसक्यो । लेखक, पत्रकार, कलाकार अनि साहित्यकारजस्ता युगवोध दिशावोध गराउन सामथ्र्य राख्ने कलमजीवीहरु कुनै एउटा दल विशेषको चाटुकार हुनु हँुदैन । त्यसैले पत्रिका के हो भन्ने कुराभन्दा पनि लेखको विषय के हो र सो लेखले के भन्न खोजेको हो भन्ने कुराचाहिँ महत्वपूर्ण हो जस्तो लाग्छ मलाई ।

पक्कै पनि एक समय थियो होला । भर्खरभर्खर देशमा एकतन्त्रात्मक व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था शुरु भएपछि कतिपय अन्तरविरोधहरु देखिएसँगै आफ्नो विचार, दृष्टिकोण फरक–फरक ढंगले प्रस्तुत भए होलान् । बहुदलीय अभ्यासको शुरुआती दिनहरुमा विभिन्न राजनीतिक दलका समर्थकहरुबीच मारामार काटाकाट अनि पानी बाराबारको स्थिति पनि देखियो । तर समयको अन्तरालपछि हामीले नेपालका सबै राजनीतिक दल र तिनीहरुका शासनशैली, इमान्दारिता, आचरण व्यवहार, नीति कार्यक्रम अनि त्यसका कार्यान्वयनका चरणहरु हेरिसक्यौँ, भोगिसक्यौँ । अब ती दलका कार्यकर्ताहरुबाहेक अन्य विवेकशील र बुझकी धेरैजसोले हिजोको जस्तो गरी एकोहोरोरुपमा आफूलाई मन परेको कुनै एक राजनीतिक दलको फेर समातेर त्यसैको वकालत गर्दै हिँडेको देखिँदैन । किनकि, जनअपेक्षाअनुसार कुनै पनि राजनीतिक दलहरु नेपाल र नेपालीका लागि खरो उत्रन सकेनन् । फेरि नेपालका सबै राजनीतिक दलहरु ती शुरुका जस्ता भएनन् । आम जनताका जनजीविकाका पक्षहरु लत्याउँदै अनेक गुट उपगुटहरुमा विभाजित भई हरेक कुरामा झैँझगडा र विवादको भुमरीमा फँसेर गाईजात्रा देखाइरहेका छन् ।

आज आम मान्छेहरु यसबारेमा कुरा गर्दा निराशा नै ब्यक्त गर्दछन् । प्रजातन्त्र प्राप्तिका तीन दशक नाघेर चौथो दशक लागिसक्दा पक्कै पनि जनताका चेतनास्तर जागेको छ । सडक पूर्वाधार, ऊर्जा, पर्यटन व्यापार व्यवसाय, बैंकिङ वित्तीय क्षेत्र, पूँजीबजार, सूचना प्रविधिजस्ता केही क्षेत्रमा विकास भएको देखिएको छ । तर निजी क्षेत्रबाहेक सरकारी क्षेत्रबाट जनजीविकाका सवालमा, आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा स्वास्थ्यजस्ता महत्वपूर्ण सामाजिक क्षेत्रमा गर्न सकिने प्रयासहरु सुधारहरु र चुस्त अनुगमन निरीक्षण, भेदभावबिनाको न्याय प्रणाली दण्ड सजाय पटक्कै हुन सकेनन् । विकास शीर्षकमा विवाद, भागबण्डामा कुरा नमिल्दा सधँैको किचलोले विकास खर्च जहिले पनि बजेटअनुसार खर्च हुन नसक्ने रोग नै भएको छ । कृषि र औद्योगिक क्षेत्र धरासायी हुँदा उत्पादन क्षेत्र निरासाजनक छ । त्यसकारण उद्यमशीलता मरेको छ । यो स्थितिमा रोजगारीका अवसरहरु खुम्चिएर जनशक्ति जति धेरैजसो विदेशी भूमिमा दुःखकष्ट सहेर आँशु र पसिनासँगै बहाइरहेछन् र देशलाई विदेशी मुद्रा पठाइरहेका छन् । यता नेपालीहरु उत्पादनमुखीभन्दा आयातमूखी भई विदेशीको मुर्ख बजार बनेर बसिरहने अवस्था लम्बिँदै जाने देखिन्छ ।

आफ्नो गाउँ आफँै बनाऊ, गाउँगाउँमा सहकारी अनि एक घर एक रोजगारीजस्ता राम्रा कार्यक्रम लागू गर्न प्रयास गरेको कम्युनिष्टहरु अहिले आपसी झगडा र भागबण्डाको खेलमा ब्यस्त छन् । गहन विष्लेषणबिना थोपरिएको आर्थिक उदारवादले नेपालजस्तो गरिब देशको सामाजिक क्षेत्र पनि व्यापार व्यवसायको क्षेत्र बन्यो र यसलाई तोड्न कम्युनिष्ट सरकार सफल हुन्छ भन्ने आम मान्छेको चाहना चरम भ्रष्टाचारका उदाहरणहरु हेरेर जिल्लिएका छन् । कम्युनिष्टको सरकार पनि ठेकेदारी, सेटिङ, एजेण्ट र बिचौलिया प्रथाको हिमायती बनेको र त्यसैको संरक्षण गर्दैछ भन्ने भनाइहरु र जनगुनासाप्रति कानमा तेल हाल्ने चरम लापरवाहीको हामी मूकदर्शक बन्न बाध्य भएका छौँ । कोभन्दा को कम र अहंवादको खेल रमिता सित्तैमा हेर्न पाइएको छ । कांग्रेस राम्रो कि कम्युनिष्ट राम्रो भनेर हेर्ने र पर्खने दिनहरुको समाप्ति भइसक्दा, ३०औँ वर्ष बितिसक्दा पनि गहिरो दुःखका आहालमा डुबेका आम निमुखा मान्छेहरुको अवस्था सुध्रन सकेको छैन । आम नागरिकका सामाजिक/आर्थिकस्तर लामो समयसम्म पनि नउकासिएकै कारण अहिलेको विश्वव्यापी कोरोना महामारीको यो संकटमा निमुखा नेपालीहरुले नपाउनु दुखः पाइरहेछन् । अनि यो अथाह संकटको भुमरीबाट पार कसले लाउला भनी निरास भएका छन् ।

यसकारण पनि ३७ वर्षको यात्रा पार गरेको दृष्टिको निरन्तरको अभियान अझ जागरुक रुपमा अघि बढ्नु पर्ने देखिन्छ । यस्तो निरासाका बीच पनि कलमले निरास हुनु हुदैन र थकाई मार्नु पनि हुदैन । किनभने, आम पीडितहरुका पक्षमा चलिरहने कलमको प्रयास कहिल्यै बन्द हुनु हुँदैन ।

एकपटक फेरि निरन्तर यात्राको लागि दृष्टिलाई शुभकामना सम्पूर्ण आकाशको !

प्रतिक्रिया दिनुहोस्