Logo

पत्रकारिताको त्यो यात्रा : मिलेर जाने कि समाप्त हुने ?


-माथवरसिंह बस्नेत


  • माथवरसिंह बस्नेत

आधुनिक विश्वले कठिन संघर्षबाट उपलब्ध गरेको र अपनाएको उदार तथा समुन्नत जीवन पद्धति हासिल गर्ने लक्षका साथ हाम्रा पुर्खाले आफ्ना सन्ततिको उज्यालो भविष्यका लागि थालेको यात्रा, अनेक प्रकारका उतारचढावका बावजूद निरन्तर जारी छ, तापनि गन्तव्य भने अझै अस्पष्ट र अनिश्चित छ । ग्रिक गणराज्यका मिथकीय कथामाथि भरोशा टिकाएर पश्चिमी विश्वले विभिन्न चरणमा विकसित तथा परिस्कृत तुल्याउँदै उन्नतिको शिखरमा पु¥याएको जनतामाथि हुने शासन जनताकै प्रतिनिधिबाट हुनुपर्छ भन्ने मान्यतालाई हाम्रो आफ्नो आँगनमा उतार्ने यात्रा जति चित्ताकर्षक थियो, उत्तिकै कष्टासाध्य पनि रहेको तथ्य नेपाल र नेपालीको अथक संघर्षको अनुभवले प्रमाणित गरेकै छ । तैपनि हाम्रो यात्रा त्यसैगरी जारी छ, जसरी जोन बुनियानले सत्रौ शताब्दीमा लेखेको प्रख्यात उपन्यास– पिल्ग्रिम्स प्रोग्रेसका क्रिस्चियन तीर्थयात्रीहरुले शुरु गरेको ऐतिहासिक तीर्थयात्रा अझै पनि गतिमान छ । त्यो रोमाञ्चक यात्रा, निराशाले खोस्न नसक्ने आशा, अदम्य उत्साह, अवर्णनीय आनन्दको मिश्रित अनुभवले क्रिस्चियनहरुका निम्ति प्रेरक मात्र बनेको छैन, अरुका लागि पनि अनुकरणीय हुन पुगेको छ ।

त्यसको निष्कर्ष हो, यात्रा जारी राख्नेहरु मात्र गन्तव्यमा पुग्छन् । जसले यात्राका क्रममा आइपरेका सबै प्रकारका कठिनाइको सामना गर्ने इच्छाशक्ति प्रदर्शित गरेर त्यसलाई निरन्तरता प्रदान गर्ने साहस र सामथ्र्य देखाउन सक्छन्, सफलताले पनि तिनैलाई पछ्याउँछ । भनिरहन पर्दैन, तिनैले मात्र अर्को युगलाई हाक्ने भविष्यका साहसी यात्रीहरुलाई मार्गदर्शन गराउन सक्नेछन् । तीर्थ यात्रीको निरन्तरको अग्रगामी यात्राले प्रदान गर्ने कालजयी सन्देश भनेकै त्यही गतिशीलता अर्थात् गत्यात्मकता हो । इतिहासले त्यस्तो यात्रालाई सम्मानपूर्वक याद गर्ने गरेको कारण पनि त्यही हो ।

माथवरसिंह बस्नेत

कांग्रेस र कम्युनिष्टहरु त्यसबीच पार्टीमा मात्र होइन, पत्रिकामा पनि आफ्नो सैद्धान्तिक मतभेद मुखर तुल्याइरहेका थिए र एक अर्काको आलोचनामा निमग्न हुन्थे । तैपनि दुवै पक्षका पत्रपत्रिका प्रेस स्वतन्त्रताका पक्षमा भने एक ठाउँमा खडा हुन वाध्य थिए, किनभने निरंकुशताको अंकुशको डोजर जब चल्थ्यो, तब दुवैथरि त्यसमा पिसिन्थे । त्यसले उदार प्रजातन्त्रवादी र माक्र्सवादीबीचमा कुनै वैषम्य गर्दैनथ्यो । तब उनीहरुसामु प्रश्न खडा हुन्थ्यो, मिलेर प्रतिकार गर्ने कि एक्लाएक्लै लडेर समाप्त हुने ?

नेपालमा प्रजातन्त्र र नागरिक अधिकारको सवाल, त्यस दिनदेखि उठ्नथालेको हो, जुन दिनदेखि बेलायतको म्याग्नाकार्टा र बिल अफ राइटको महत्वमाथि नेपालीका बीचमा कानेखुसी चल्न थालेको थियो । अवश्य हो, त्यस्तो चर्चा गर्ने र त्यसमा भाग लिनेको संख्या अत्यल्प थियो । भारतमा गएर शिक्षा प्राप्त गर्ने त्यस्ता थोरै भाग्यमानीहरुमा पनि आफ्नो देशभित्र त्यस्तो चेतना फैलाउने चेत खुल्न बाँकी थियो, किनभने शिक्षाको उज्यालो प्रकाश फैलिनसकेको समाजमा त्यस्तो जुनकिरीको प्रकाशमा भविष्यको तलास गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हुन्थ्यो । तसर्थ, उनीहरु आफूले प्राप्त गरेको शिक्षालाई सत्ताको चाकडीमा लगाउने अवसरका रुपमा प्रयोग गरेर आफ्ना सन्ततिको भविष्य सपार्ने उद्यममा लगाउँथे । सामाजमा व्याप्त असमानता र भेदभावका प्रश्नमा कोही बोल्दैनथे । त्यसमा आँखा चिम्लिनुलाई पढेलेखेका जो कोही बुद्धिमानी ठान्दथे । सत्ताबाट त्यस्तो सम्मान र पुरस्कार आर्जन गर्न सक्नुलाई उनीहरु आफ्नो बुद्धिको सही सदुपयोग मान्थे । त्यही संस्कार र संस्कृति नेपाल र नेपालीको नियति थियो ।

त्यस्तो अन्धकार युगमा अभिव्यक्ति स्वतन्त्रताको माग र कानूनी राज्यको अवधारणा प्रचलनमा ल्याउने त के कुरा, त्यसमाथि छलफल चलाउने मानिस पाउन पनि संभव थिएन । अंग्रेजहरुले भारतमाथि कब्जा जमाएर उपनिवेश कायम गर्नु अगाडि त्यहाँ पनि सूचना सम्प्रेषण गर्ने माध्यमका रुपमा समाचारपत्रको प्रकाशन गर्ने चलन चलिसकेको थिएन । अंग्रेजले नै पहिलोपल्ट अंग्रेजी भाषामा पत्र–पत्रिका प्रकाशित गरेर त्यस्तो चलन चलाएका हुन् । नेपालमा राणा सरकारले गोरखापत्र प्रकाशित गरे पनि त्यसले जनताको अभिमत व्यक्त गर्ने माध्यमको स्थान ग्रहण गर्न सकेको थिएन । त्यसैले २००७ सालको क्रान्तिअघि नेपालमा जनताका कुरा लेख्ने कुनै समाचार पत्र थिएनन् । त्यो क्रान्तिको आव्हान गर्ने नेपाली कांग्रेसले पनि क्रान्तिको आवश्यकता, औचित्य र तयारी सम्वन्धी सन्देशलाई नेपालका साना ठूला शहरमा पु¥याउन “नेपाल पुकार” भारतमा छापेर देशमा भित्राउँथ्यो । नेपालभित्र न प्रेस थियो, न स्वतन्त्रता ! न रहे बाँस, न बजे बाँसुरी, थियो ।

त्यही क्रान्तिले नेपाललाई एकै फड्कोमा मध्ययुगको ओडारबाट बलात् निकालेर आधुनिक युगमा प्रवेश गराएपछि नेपालको राजकाजमा जनता तत्वको भूमिका स्थापित मात्र भएन, वाक् तथा प्रकाशन स्वतन्त्रताको आलोक पनि झलमालाएको थियो । यो दोहो¥याउन आवश्यक छैन कि त्यसपछि मात्रै नेपालमा स्वतन्त्र पत्रकारिताको विकासको ढोका खुलेको थियो । त्यसैले नेपालको प्रजातन्त्रको अभ्यास र स्वतन्त्र पत्रकारितालाई त्यो क्रान्तिको जुम्ल्याहा सन्तानका रुपमा इतिहासले स्मरण गर्ने गरेको छ ।

पञ्चायतकालमा स्वतन्त्र पत्रकारिताका बहानामा दृष्टिले तत्कालीन माले र पुनर्जागरणले कांग्रेसलाई प्रतिनिधित्व गर्ने भएकाले त्यसका सम्पादकहरु जहिले पनि प्रशासनको निगरानीमा हुन्थे । त्यस्तो जोखिमको परिणाम हुन्थ्यो, पत्रिका प्रकाशनमाथि प्रतिवन्ध र सम्पादकको जेल यात्रा । त्यसको अनुभव पनि कतिपल्ट एकसाथ झेल्नु परेको थियो । त्यस्ता यातनाका अनेक घटनाले हाम्रो व्यक्तिगत जीवनमा जतिसुकै कष्ट बढाइदिए पनि भावनात्मक मित्रतालाई पनि उत्तिकै प्रगाढ तुल्याइ दिएको छ । वास्तवमा त्यो ऐतिहासिक तीर्थ यात्राको इतिहास लेख्ने कोही न कोही अवश्य निक्लेने छन् र तिनले त्यसमाथि खोज र अनुसन्धान गरेर त्यो विशेष कालखण्डको यथार्थ प्रकट गर्ने नै छन् ।

सातदेखि सत्र सालसम्मको अवधि तसर्थ, प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता दुवैको प्रयोगको शैशवकाल थियो । शैक्षिक जागरण र चेतनाको प्रस्फुटनको त्यस्तो उषाकालमा भरखर बामेसर्न थालेको प्रजातान्त्रिक अभ्यासमाथि २०१७ साल पुस १ गते राजा महेन्द्रको अधिनायकवादी बज्रप्रहार भयो । त्यसपछि प्रजातन्त्रको अपहरण मात्र भएन, दलमाथि प्रतिवन्ध पनि लाग्यो । निर्दलीय पंचायत व्यवस्थाका नाममा राणाकालभन्दा पनि कठोर निरंकुशता पद्धति लादियो । स्वभाविक हो, त्यसको पहिलो शिकार भयो– वाक् तथा प्रकाशन स्वतन्त्रता । प्रजातन्त्रको हत्या भएपछि त्यसले सास फेर्ने नली किन काटिन्छ, त्यो विश्व इतिहासले प्रष्ट पारेकै छ, नेपाल मात्र अपवाद हुने सवालै थिएन । त्यसपछि शुरु भयो, स्वतन्त्र पत्रकारिता र अधिनायकवादको अन्त्यहीन संघर्ष । प्रेस स्वतन्त्रताका लागि भएको ३० वर्ष लामो लोमहर्षक संघर्षका कथा नै यथार्थमा प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनको रचनात्मक पाटो पनि थियो । कांग्रेस र कम्युनिष्टहरु त्यसबीच पार्टीमा मात्र होइन, पत्रिकामा पनि आफ्नो सैद्धान्तिक मतभेद मुखर तुल्याइरहेका थिए र एक अर्काको आलोचनामा निमग्न हुन्थे । तैपनि दुवै पक्षका पत्रपत्रिका प्रेस स्वतन्त्रताका पक्षमा भने एक ठाउँमा खडा हुन वाध्य थिए, किनभने निरंकुशताको अंकुशको डोजर जब चल्थ्यो, तब दुवैथरि त्यसमा पिसिन्थे । त्यसले उदार प्रजातन्त्रवादी र माक्र्सवादीबीचमा कुनै वैषम्य गर्दैनथ्यो । तब उनीहरुसामु प्रश्न खडा हुन्थ्यो, मिलेर प्रतिकार गर्ने कि एक्लाएक्लै लडेर समाप्त हुने ? उनीहरुले अकाल मृत्यु रोजेनन् । फलस्वरुप दृष्टि र पुनर्जाजागरण एकै पंंक्तिमा उभिन पुगे ।

प्रजातन्त्र प्रतिवन्धित भएका बेला प्रेस स्वतन्त्रता निर्वाध बहाल हुने कुरा, अकल्पनीय थियो । पार्टीका विचारका पक्षमा प्रचार स्रसार गर्न पत्रपत्रिका निकाल्नेहरुले त्यो वास्तविकतालाई गंभीरताका साथ ग्रहण गरे पनि नगरे पनि दमनमा दक्ष पंचायतका प्रशासकहरुले राम्ररी आत्मसात गरेका थिए, निर्दलीय व्यवस्थाका निम्ति ती दुवै उत्तिकै खतरनाक तथा घातक हुन् । त्यसैले राजनीतिक मोर्चा र प्रेस स्वतन्त्रताको मोर्चाका बीचमा समझदारी, सहकार्य र सहयात्रा अपरिहार्य हुनपुग्यो । प्रशासनले नै त्यस्तो अवसर जुटाई दिएको थियो । राजनीतिक दलहरु प्रतिवन्धित भएका बेला मिसन पत्रकारिताका आडमा विचार र सिद्धान्तको प्रचारको एकलौटी जिम्मा उनीहरुकै काँधमा थियो । उनीहरुले रहरले होइन, वाध्य भएर दोहोरो भूमिका जिभाउनै परेको थियो ।

पञ्चायतकालमा स्वतन्त्र पत्रकारिताका बहानामा दृष्टिले तत्कालीन माले र पुनर्जागरणले कांग्रेसलाई प्रतिनिधित्व गर्ने भएकाले त्यसका सम्पादकहरु जहिले पनि प्रशासनको निगरानीमा हुन्थे । त्यस्तो जोखिमको परिणाम हुन्थ्यो, पत्रिका प्रकाशनमाथि प्रतिवन्ध र सम्पादकको जेल यात्रा । त्यसको अनुभव पनि कतिपल्ट एकसाथ झेल्नु परेको थियो । त्यस्ता यातनाका अनेक घटनाले हाम्रो व्यक्तिगत जीवनमा जतिसुकै कष्ट बढाइदिए पनि भावनात्मक मित्रतालाई पनि उत्तिकै प्रगाढ तुल्याइ दिएको छ । वास्तवमा त्यो ऐतिहासिक तीर्थ यात्राको इतिहास लेख्ने कोही न कोही अवश्य निक्लेने छन् र तिनले त्यसमाथि खोज र अनुसन्धान गरेर त्यो विशेष कालखण्डको यथार्थ प्रकट गर्ने नै छन् । त्यसको जिम्मा उनीहरुलाई नै छाड्नु उपयुक्त हुन्छ । तर त्यसरी संघर्ष गरेर पुनस्र्थापित गरेको प्रजातन्त्रपछि ठूला विदेशी लगानीका माछाले साना स्वदेशी माछालाई कसरी निल्नथाले त्यो करुण कथामाथि प्रकाश पार्ने उत्कट चाहना पूरा गर्न बाँकी छ । कुनै दिन त्यो समय अवश्य आउने छ । त्यसलाई मेरो प्रतिज्ञा नठानेर प्रतिवद्धता मान्नु भए फरक पर्ने छैन ।

हाम्रो यात्रा, माथि शुरुमा भने झै निश्चय नै अघि बढेको छ तर गन्तव्य अझै पनि टाढा छ, किनभने त्यो अनिश्चित मात्र बनेको छैन, अस्पष्ट पनि हुन पुगेको छ । त्यसैले यात्रा जारी राख्नु हाम्रो नियति बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्