
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेगरी बोलाइएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने एजेन्डा जानकारी गराइएको उनले बताए ।














