‘कालिदासको ‘क’ पढेर माक्र्सवाद बुझिँदैन’ « Drishti News – Nepalese News Portal
Logo

‘कालिदासको ‘क’ पढेर माक्र्सवाद बुझिँदैन’


- लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुरीमा देखिएको किचलो अहिले जरैसम्म फैलिँदै गएको देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षीय कार्यकर्ताहरु जिल्ला तथा गाउँ तहसम्मै विभाजित भएर आफ्ना समर्थकहरुलाई गोलबन्द गर्न क्रियाशील भएको समाचार बाहिर आएको छ । यो सबैको तात्पर्य आगामी महाधिवेशनमा नेतृत्व लिने होड नै हो । भावनात्मकरूपमा पार्टी फुटिसके पनि जबर्जस्ती मिल्नु परेकोजस्तो आकृति केन्द्रमा देखिएको छ । कुनै वैचारिक आधार र नीतिगत कुरामा असहमति भएर अलग कित्तामा उभिने कुरा राजनीतिमा जायज नै होला । तर, केन्द्रैदेखि वडा कमिटीसम्म आफ्ना मान्छे हुनुपर्ने गुटगत मानसिकता भने सिंगो पद्धतिकै विरुद्धमा छ । यसले पार्टीलाई मात्रै होइन, हामीले अंगिकार गरेको राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्ने काम गर्छ ।

एमालेलाई एमाले ब्युँताउन मन लाग्ने, सरकारमा हुनेहरुलाई छोड्न मन नलाग्ने, सरकारभित्रैका प्रतिपक्षीहरुलाई सरकारमा जान मन लाग्ने, आउनुहोस् बसेर छलफल गरौँ भन्दा सरकारमा बसेकाहरु पार्टीका मानिसहरुसँग तर्सनुपर्ने अवस्था आफैँमा बडो डरलाग्दो र नराम्रो सन्देश दिने खालको अवस्था हो ।

जनकपुरमा ढाकेर राखिएको नेपालको रेलको गति हेरौं । मानिसहरुले व्यंग्यको रुपमा उडाए पनि नेपालजस्तो सानो देशमा रेल सेवाको सपना देख्नु नराम्रो कुरा थिएन । प्रधानमन्त्री ओलीको यो सपनासँग मुलुकको उत्पादन, व्यापार जोडिएको थियो । अझ चिनियाँ रेल केरुङ–काठमाडौं–पोखरा–लुम्बिनीले त देशको मुहारै परिवर्तन हुन्थ्यो । यातायात सहज भएसँगै मानिसको जीवनमा आएका धेरै परिवर्तनहरु हाम्रै आँखा अगाडि छन् । भौगोलिकरुपमा नेपाल छिचोलिनसक्नु रुस या चीन जत्रो मुलुक पनि होइन । सानो देशमा रेल सेवाले तराई र पहाड, हिमाल र कुना कन्दरा जोड्ने काम गर्दछ । स्वीजरल्याण्डमा रेल सेवाले ल्याएका सेवा र यससँग जोडिएको व्यापार हेरिरहेको हुनाले ओलीको रेल सपना विपनामा बदलिए हुन्थ्यो भन्ने कामना गर्नेमा यो लेखक पनि थियो । तर, भैदियो उल्टो । एकजना अल्पज्ञानीका टाउकामा रेलको भारी बोकाइदियो सरकारले । यी अल्पज्ञानीको ज्ञान सामाजिक सञ्जालमा ओलीको विरोध गर्नेहरुसँग नांगो वादविवाद गर्ने काममा खर्च भइरहेको देख्न, सुन्न जनता विवश छन् । नेपालमा यी अल्पज्ञानीभन्दा धेरै राम्रा, पढेका र ओलीको सपनाको स्पिरिटलाई सिलसिलेवार योजनाबद्ध हिसाबले पूरा गर्न सक्ने काबिल मानिसहरु नभएका होइनन् । तर तिनको खोजी कसले गर्ने ? मुलुकको ढुकुटीको केही रकम स्वाहा पारेर रेल अहिले थन्किएको नेपाली जनताले देखिरहेका छन् । यस्ता अयोग्य मानिसहरुका टाउकामा बोक्नै नसक्ने भारी थुपारिदिने यिनै गुटका कारिन्दा हुन् । क्षमता नहेरी नबुझी हुन्छ भनेर ल्याप्चे ठोकिदिने अर्का गुटका संरक्षक हुन् । यस्ता लफंगाहरुबाट रेल त के भएका लिकका फलाम पनि जोगिन्न भन्ने जानिसकेपछि फेरि तिनैलाई वेतन दिएर राखिरहने अर्का मुर्खहरु हुन् । सांगोपांगो सबैतिरबाट गुट संरक्षित भएपछि काम हुन्छ भन्ने मनोविज्ञानले प्रधानमन्त्रीका सपना त धुलिसात हुने मुलुकमा विधि, पद्धतिको भाषण गर्नु बेकार हो । यी यस्ता गुटका कारण हुने असक्षम मानिसहरुको हालीमुहालीले सिंगो सरकार र पार्टी बदनाम हुँदै गइरहेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नबुझे पनि सबैले देखेजानेकै कुरा हो ।

कम्युनिष्टहरुमा गुटहरु सञ्चालन गर्ने पुरानै चलन हो । आफू शक्तिमा रहिरहन नेतृत्वका मानिसहरुलाई यस्ता गुटहरुले सहयोग गरिरहेका हुन्छन् । यिनै गुटहरुको उचित व्यवस्थापनको लागि दुई लाइन संघर्षको अवधारणालाई अभ्यासमा ल्याइन्छ । संघर्ष पनि स्वस्थ भयो भने त्यसले सकारात्मक नतिजा दिन्छ । अस्वस्थ र सिध्याउने खेलमा प्रतिष्पर्धीहरु लागे भने खेलको अन्त्य भाँडभैलो हुन्छ र सबै खेलाडीको अवसान हुन्छ । दुई लाइनको संघर्षभित्र पनि अभ्यासमा उत्रिएकाहरु कति प्रजातान्त्रिक छन् भन्ने कुराले बहस कस्तो हुने भन्ने देखिन्छ । ओलीको एकलकाँटे बोली र व्यवहारले भाँडभैलो नै निम्त्याउने छाँटकोट देखिँदैछ । कालीदासको ‘क’ पढेर माक्र्सवाद बुझिँदैन भन्थे मदन भण्डारी । ठिक त्यही कालीदास बन्न खोज्दैछन् अहिले ओली ।

यो बेला जनमतको कदर गर्दै सिंगो पार्टीपंक्ति देश निर्माणको महान् अभियानमा सक्रिय हुनुपर्ने बेला हो । पार्टीको तल्लो कमिटीदेखि लिएर माथिल्लो कमिटीको सिंगो सरोकारको विषय आम जनता र तिनका मुद्दाहरु हुनुपर्ने थियो । पार्टी संगठन सबै के का लागि ? जनताको जीवन सहज बनाउनको लागि । यदि सरकारमा रहेकै बेला आफूआफूमा लड्ने हो भने गुट उपगुटमा रमाएर एकआपसमा लडाभाँती गर्नुको के अर्थ रहन्छ र ? नेपाल कम्युनिष्ट पार्टीको एकीकरणका बेला जनताको बहुदलीय जनवादको टुंगो महाधिवेशनबाट लगाउने र महाधिवेशनसम्म एकीकृतरुपमै जाने भन्ने सहमति भएको पढिएको थियो । सरकार बनेको आधाउधी नाघिसक्दा पनि जनतालाई उत्साहित बनाउने र सकारात्मक ऊर्जा निकाल्ने खालका काम केही हुन सकेनन् । भारतको दबदबा र मधेश आन्दोलनको ज्वारभाटासँग लडेर व्यापक जनसमर्थन पाएका प्रधानमन्त्री ओली बालुवाटारमै अलमलमा परेका छन् । पारिएका छन् । सत्ताधारी दलभित्रैबाट सामूहिक महाअभियानको उचित नीति र कार्यक्रम नबनेको, सरकार र दलका नेताहरुबीचको किचलो छताछुल्ल भइरहेको अवस्थामा जनता निराश छन् । यही मौकामा राजावादीको स्वर चर्को भएको छ । विप्लव माओवादीको गतिविधि प्रतिबन्धका बीच बढिरहेको छ । सरकार नै विप्लवको अगाडि निरीह देखिएको कुरा मोरङमा मारिएका शिक्षकको दागबत्ती दिएका जनप्रतिनिधिहरुले सञ्चारमाध्यममै भनेबाट बुझिन्छ ।

कम्युनिष्टहरुमा गुटहरु सञ्चालन गर्ने पुरानै चलन हो । आफू शक्तिमा रहिरहन नेतृत्वका मानिसहरुलाई यस्ता गुटहरुले सहयोग गरिरहेका हुन्छन् । यिनै गुटहरुको उचित व्यवस्थापनको लागि दुई लाइन संघर्षको अवधारणालाई अभ्यासमा ल्याइन्छ । संघर्ष पनि स्वस्थ भयो भने त्यसले सकारात्मक नतिजा दिन्छ । अस्वस्थ र सिध्याउने खेलमा प्रतिष्पर्धीहरु लागे भने खेलको अन्त्य भाँडभैलो हुन्छ र सबै खेलाडीको अवसान हुन्छ । दुई लाइनको संघर्षभित्र पनि अभ्यासमा उत्रिएकाहरु कति प्रजातान्त्रिक छन् भन्ने कुराले बहस कस्तो हुने भन्ने देखिन्छ । ओलीको एकलकाँटे बोली र व्यवहारले भाँडभैलो नै निम्त्याउने छाँटकोट देखिँदैछ । कालीदासको ‘क’ पढेर माक्र्सवाद बुझिँदैन भन्थे मदन भण्डारी । ठिक त्यही कालीदास बन्न खोज्दैछन् अहिले ओली ।

माओवादी र एमालेको एकीकरण यसबेला धरापमा पर्दा नेपाली जनताको भाग्य नै धरापमा पर्न थालेको छ । पैसा खाएर भाग्ने ठेकेदारहरु, मल ल्याउँछु भनेर किसानलाई अलपत्र पार्ने ठगहरुको पहुँच राज्यको माथिल्लो निकायसम्म पुगेको छ । राजनीतिक नेतृत्व र सरकारका जिम्मेवार मानिसहरु एकपछि अर्को गर्दै बदनाम हुँदै जाँदा सिंगो व्यवस्था नै बदनाम हुने हो कि भन्ने भय बढिरहेको छ । कागजमा जतिसुकै सुनौला अक्षरमा लोकतन्त्रको बयान गरे पनि जनताको दैनिकी झन् दुरुह र विपतमा बित्न थाल्यो भने तन्त्रको अवसान हुन धेरै समय कुर्नै पर्दैन । पार्टीमा चलिरहेको सिंगौरीको अन्त्य पनि सुखद नहुन सक्दछ । एमालेलाई एमाले ब्युँताउन मन लाग्ने, सरकारमा हुनेहरुलाई छोड्न मन नलाग्ने, सरकारभित्रैका प्रतिपक्षीहरुलाई सरकारमा जान मन लाग्ने, आउनुहोस् बसेर छलफल गरौँ भन्दा सरकारमा बसेकाहरु पार्टीका मानिसहरुसँग तर्सनुपर्ने अवस्था आफैँमा बडो डरलाग्दो र नराम्रो सन्देश दिने खालको अवस्था हो ।

समयको गतिमा असंगत यात्रा गर्नेहरु जुनसुकै पन्थ र वादका भए पनि आफ्नो लक्ष्यमा पुग्न सक्दैनन् । नेपालका कम्युनिष्टहरुले यो असंगत लय मिलाउन सकेनन् भने जनताबाट तिरस्कृत हुने र जनताबाट बहिष्कृत हुन धेरै वर्ष कुर्नुपर्दैन । कुनै बेला सिंगो देशमा शासन गरेका पूर्वी युरोपका देशहरुमा अहिले कम्युनिष्टहरु बियाँ खोजेझैं खोज्न किन प¥यो ? यत्ति बुझे धेरै अध्ययन गर्नुपर्दैन । तर, नेपालका कम्युनिष्ट नेताहरुले बुझ्ने छाँटकाँट भने छैन ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्