Logo
Logo

एमालेले संसदीय दलको बोर्ड र नेमप्लेट हटायो


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्चको फैसलासँगै नेकपा एमालेले धमाधम बोर्ड परिवर्तन गर्न थालेको छ । यसैक्रममा सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पनि नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।
संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेमप्लेटबाट समेत नेकपा हटाएर नेकपा एमाले लेखिएको छ ।
आइतबार सर्वोच्च अदालतको फैसलाबाट एकीकृत नेकपा औपचारिक रुपमा छुटिएका छन् । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा राखिएका साइनबोर्ड तथा नेताहरुको नेमप्लेट फेर्ने क्रम सुरु भएको हो । यसअघि सोमबार एमालेले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्